बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

बिरगंजबाट ठुलो परिमाणमा लागुऔषध ट्रामाडोलसहित चार जना पक्राउ

बिरगंजबाट ठुलो परिमाणमा लागुऔषध ट्रामाडोलसहित चार जना पक्राउ

images
२०८२ मंसिर २६ गते, शुक्रवार
२०८२ मंसिर २६ गते, शुक्रवार
  • बिरगंज। पर्सा प्रहरीले ठूलो परिमाणमा नियन्त्रित लागुऔषध ट्रामाडोलसहित चार जनालाई पक्राउ गरेको छ।

    images

    विशेष सूचनाका आधारमा चेक जाँच गर्दा फरक फरक स्थानबाट ७६ हजार १ सय ७० पिस लागुऔषध ट्रामाडोलसहित चार जनालाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

    images

    गत मंगलबार बिरगंज महानगरपालिका वडा नं. १५, प्रतिमाचोकस्थित टिकट काउन्टर अगाडि रोकिएको बागमती प्रदेश ०८–००१ ज ०११७ नम्बरको सार्वजनिक इभि गाडी चेकजाँच गर्दा ६० हजार ५ सय ३० पिस लागुऔषध ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आईपीसहित दुई जना पक्राउ परेका थिए।

    चेकजाँचको क्रममा दुई जना व्यक्तिहरूले बोकेको रातो र गुलाबी रङ्गको सुटकेसभित्र लुकाइ छिपाइ राखिएको लागुऔषध ट्रामाडोलसहित उनीहरूलाई नियन्त्रणमा लिइएको थियो।

    उनीहरूमाथि थप अनुसन्धान पश्चात प्रहरीले बिरगंजकै रामगढवाबाट थप १५ हजार ६ सय ४० पिस ट्रामाडोल समेत बरामद गरेको थियो। 

    प्रहरीले दुबै स्थानबाट गरेर चार जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको जनाएको छ। दुबै स्थानबाट बरामद भएको लागुऔषधको कुल सङ्ख्या ७६ हजार १ सय ७० पिस रहेको छ।

    पक्राउ पर्नेमा बिरगंज महानगरपालिका वडा नं. २४, रामगढवा बस्ने वर्ष २० का युवराज पटेल र वर्ष २१ का अफजल देवान छन्। अन्य दुई जना धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नं. ६ बस्ने वर्ष १९ का रामहरि मगर र सिदलेख गाउँपालिका वडा नं. ७ बस्ने वर्ष १९ का राजकुमार मगराती छन्।

    पक्राउ परेका निजहरू विरुद्ध लागूऔषध सम्बन्धि कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले जानकारी दिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend