बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

अल्टिमाको १२.१२ क्याम्पेन, तीन नयाँ उत्पादनमा उत्कृष्ट अफर

अल्टिमाको १२.१२ क्याम्पेन, तीन नयाँ उत्पादनमा उत्कृष्ट अफर

images
२०८२ मंसिर २५ गते, बिहिवार
२०८२ मंसिर २५ गते, बिहिवार
  • काठमाडौ। नेपालको नम्बर १ अडियो र वेरेबल्स एक्सेसोरीज ब्रान्ड अल्टिमा लाइफ स्टाइलले
    अत्यन्तै प्रतिक्षित १२.१२ क्याम्पेन घोषणा गरेको छ।

    images

    डिसेम्बर १२ देखि १८ सम्म विभिन्न आधिकारिक प्लेटफर्महरुमा संचालन हुने यो क्याम्पेनसँगै अल्टिमाले आफ्ना तीन नयाँ उत्पादन पनि उपभोक्ता माझ ल्याएको छ। सम्पूर्ण उत्पादनहरुमा आकर्षक छुट र अफरहरु उपलब्ध हुने अल्टिमाले जनाएको छ।

    images

    यसअघि ११.११ अफर ल्याएको अल्टिमाले सो अफर छुटाएका ग्राहकलाई लक्षित गर्दै पुन: एकपटकका लागि मौका दिएको हो। यो यस्तो अफर हुनेछ जसमा ग्राहकले आफ्ना मनपर्ने अल्टिमाका उत्पादनहरु अत्यन्तै आकर्षक मुल्यमा किन्न सक्नेछन्।

    अल्टिमाले यसवर्ष दुई मुख्य क्याटेगोरीमा तीन नयाँ उत्पादनहरु बजारमा ल्याउने बताइन्छ। जसअन्तर्गत इयरवर्डस तर्फ अल्टिमा एटम बर्ड २ र पावरबैंक तर्फ अल्टिमा बुस्ट २० के अल्ट्रा म्याक्स तथा अल्टिमा बुस्ट २० के मिनि ल्याइने छ। यी सबै उत्पादनका आआफ्ना फरक फिचरसहितका विषेशता छन्।

    अल्टिमा एटम बर्डस-२ मा के छ विशेषता?

    यो अल्टिमाको एटम सिरिज अन्तर्गतको इयर बर्ड हो।यसमा १२० घण्टाको विशाल ब्याकअप रहन्छ। यस्तै अल्टिमा लिन्क एप सपोर्ट, र दुई डिभाइसमा सहज रुपमा स्वीच गर्न मिल्ने मल्टीपोइन्ट कनेक्टीभिटी रहनेछ।

    यो इयरबर्डसको विशाल ब्याकअपले दिनभर संगीत, गेमिङ र फोनकलका लागि प्रयोगकर्तालाई पटकपटकको चार्जिङ झन्झट हटाउने कम्पनीको दाबी छ। यसलाई एप मार्फत नियन्त्रण अर्को विशेषता हो। यसमा फर्म वेयर अपडेट तथा अडियो कस्टमाइजेसन गर्ने सुविधा पनि दिइएको छ।

    यो इयरबर्डसमा ३२ डीबी एक्टिभ नोइज क्यान्सिलेसन, IPX4 वाटर रेसिस्टेन्ट र ब्लुटुथ ५.४ जस्ता फुचर उपलब्ध हुने हुँदा अझ बढी शक्तिशाली हुनेछ। यसको अधिकतम खुद्रा मूल्य ३९९९/- पर्छ भने लन्चिङ विशेष मूल्य १८९९/- तोकिएको छ।

    अल्टिमा बुस्ट २० के अल्ट्रा म्याक्स पावरबैंक किन किन्ने?

    यसले १ हजार वाट सम्मको पावर आउटपुट, ब्याट्री प्रतिशत र चार्जिङ स्पीड देखाउने स्मार्ट एलईडी डिस्प्ले, र टाइप सी समर्थित ल्यापटप चार्जिङ सपोर्ट प्रदान गर्दछ।यसलाई एक `अल इन पावर´ सोलुसनका रुपमा ल्याइँदैछ।

    यो पावरबैंकले ल्यापटपलाई समेत चार्ज गर्न सकिन्छ। १२ लेयर आइसी प्रोटेक्सन, टाइप ए र टाइप सी इनपुट, आउटपुट पोर्ट, र प्रीमियम आल्मुनियम बडीले यसलाई आकर्षक बनाएको छ। यसको खुद्रा मूल्य ९९९९/- तथा विशेष लन्चिङ मूल्य ४७९९/- तोकिएको छ।

    अल्टिमा बुस्ट २० के मिनिमा के छ?

    यसमा २० हजार एमएएछ क्षमताको ब्याट्री रहन्छ। २२.५ वाट फास्ट चार्जिङ, तीन वटा आकर्षक रंग (रोज गोल्ड, ब्लु र सिल्भर) र बिल्ट-इन टाइप सी तथा लाइट्निङ केवल जसले ल्यान्डयार्डका रुपमा पनि काम गर्छ। यो एउटा कम्प्याक्ट पोर्टेवल पावरबैंकका रुपमा रहने विश्वास कम्पनीले लिएको छ। यो पावरबैंकले एकैपटकमा तीन वटा डिभाइस चार्ज गर्न सकिने कम्पनीको दाबी छ। जसको खुद्रा मूल्य ७९९९/- तथा विशेष लन्चिङ म्य २७९९/- तोकिएको छ।

    कहाकहाँ पाइन्छ यो अफर?

    अल्टिमा लाइफ स्टाइलका अनुसार यी अफर अल्टिमाको वेबसाइट, अल्टिमाका स्टोरहरु र अनलाइन सपिङ मार्केट दराजमा उपलब्ध हुनेछन्। अल्टिमाको पुलचोक, पुतलीसडक, नयाँ बानेश्वर र कौशलटारमा ग्राहकका लागि आफ्नै स्टोर संचालनमा छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend