बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

सातौं अन्तर्राष्ट्रिय महिनावारी दिवस : काठमाडौंमा २१ देशका १४० बढी प्रतिनिधिको सहभागितामा कन्फ्रेन्स

सातौं अन्तर्राष्ट्रिय महिनावारी दिवस : काठमाडौंमा २१ देशका १४० बढी प्रतिनिधिको सहभागितामा कन्फ्रेन्स

images
२०८२ मंसिर २२ गते, सोमवार
२०८२ मंसिर २२ गते, सोमवार
  • काठमाडौं। आज विश्वका विभिन्न देशहरूमा सातौं अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदैछ। 

    images

    हरेक वर्ष लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत १४ औँ दिन (डिसेम्बर ८) विश्वभर अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइन्छ । 

    images

    मर्यादित महिनावारीको लागि ग्लोबल साउथ गठबन्धनको पहलमा सन् २०१९ देखि यो दिवस मनाउन सुरु गरिएको हो। यस बर्षको अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको नारा 'मर्यादित महिनावारी: जन्मसिद्ध गरिमा, समानता र अविच्छिन्न अधिकारहरू पुनः प्राप्त गरौँ' भन्ने तय गरिएको छ।

    दक्षिण गोलार्धीय मर्यादित महिनावारी सञ्जाल र राधा पौडेल फाउन्डेसनको संयोजनमा नेपालमा दिवसको अवसर पारेर ‘राष्ट्रिय युवा परिषद् तथा मेन इन्गेज अलायन्स (ग्लोबल)’ को सह–आयोजनामा ‘अन्तरराष्ट्रिय मर्यादित महिनावारी लर्निङ कन्फरेन्स–२०२५’ हुँदै छ।

    यो कन्फ्रेन्स डिसेम्बर ८ देखि १० सम्म तीनदिन काठमाडौँमा आयोजना हुने छ।

    सम्मेलनमा नेपालसहित २१ देशबाट १४० भन्दा बढी प्रतिनिधि, विशेषज्ञ, नीति निर्माता, युवा तथा सरोकारवालाको उपस्थितिमा १२ विषयगत सत्र सञ्चालन हुनेछन्।

    सम्मेलनमा प्रस्तुतीकरण सत्र, प्यानल छलफल, प्लेनरी सत्र, कार्यशाला रणनीति तथा कार्य समूह गठन सत्रका रुपमा छलफल गरिने आयोजकले जानकारी दिएको हो। यो विषयमा जानकारी दिन गत मंसिर १५ गते पत्रकार सम्मेलन आयोजना गरिएको थियो।

    सम्मेलनमा नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश, बेनिन, भूटान, बुल्गेरिया, क्यामरुन, कङ्गो, फ्रान्स, जर्मनी, गिनिया, भारत, इटाली, आइवरी कोस्ट, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, स्पेन, टोगों र अमेरिकाका प्रतिनिधिको सहभागिता रहनेछ।

    ‘राधा पौडेल फाउन्डेसन’की संस्थापक राधा पौडेलले यो सम्मेलनले ‘महिनावारी विभेद लैङ्गिक हिंसा हो, मानव अधिकारको उल्लङ्घन हो र महिनावारी विभेद विश्वभरि छ’ भन्ने सन्देशलाई समग्र रूपमा प्रवर्द्धन गर्ने लक्ष्य रहेको बताइन्।

    यो सम्मेलनले महिनावारीलाई मर्यादासँग जोडेर विश्वव्यापी रूपमा नीतिगत बहसलाई अगाडि बढाउने, अनुभव आदान–प्रदान गर्ने, प्रमाण–आधारित समाधान खोज्ने र सहकार्य सुदृढीकरणमा ऐतिहासिक टेवा पुर्‍याउने अपेक्षा गरेको छ´, उनले भनिन्।

    नेपाल सरकारको नेतृत्व र समन्वयमा नेपालबाट सुरु भएको यो दिवस आज विश्वका ७० भन्दा बढी देशमा मनाइने एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय अभियानका रूपमा स्थापित भइसकेको छ।

    महिनावारी प्राकृतिक शारीरिक प्रक्रिया हो। महिलाको गर्भाशयको भित्री तहमा मासिक रूपमा जम्मा भएका तन्तुहरू र रगत बाहिर फालिने विशुद्ध प्राकृतिक र महत्वपूर्ण प्रक्रिया हो।

    प्राकृतिक, स्वाभाविक र महत्वपूर्ण प्रक्रिया भए पनि महिनावारीका बारेमा विश्वका विभिन्न भागमा संस्कृति र सामाजिक मान्यताअनुसार यसबारेमा विभिन्न धारणा रहेको पाइन्छ।

    विश्वका अधिकांश भागमा महिनावारी र महिनावारी भएका महिलालाई अशुद्ध, फोहोर र अपवित्र मान्ने अन्धविश्वास वर्षौंदेखि कायम रहेको पाइन्छ ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend