बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नेपाली बजारमा आउँदै `भिभो एक्स३०० प्रो’

नेपाली बजारमा आउँदै `भिभो एक्स३०० प्रो’

images
२०८२ मंसिर २१ गते, आइतवार
२०८२ मंसिर २१ गते, आइतवार
  • काठमाडौं। भिभोले नयाँ फ्ल्यागशिप स्मार्टफोन ‘भिभो एक्स३०० प्रो’ नेपाली बजारमा छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ।

    images

    सामाजिक सञ्जालमा सार्वजनिक गरिएका आधिकारिक टिजरहरू र नेपाल प्रिमियर लिग (एनपिएल) मार्फत गरिएको प्रोमोशनसँगै यो मोडेल प्रतिको उत्सुकता देशभर बढ्दै गएको छ।

    images

    जाईस् सँगको सहकार्यमा तयार पारिएको एक्स३०० प्रोले नेक्स्ट–जेनेरेशन इमेजिङ र नयाँ ओरिजिन ओएस ६ सहित बजारमा प्रवेश गर्नेछ।

    बजारमा आएको प्रारम्भिक जानकारीअनुसार भिभो एक्स३०० प्रो भिभोको अहिलेसम्मकै सबल मोबाइल इमेजिङ प्रणालीसहित आउने अपेक्षा गरिएको छ। 

    भावनात्मक, प्राकृतिक र जीवन्त दृश्यहरू क्याप्चर गर्न चाहने प्रयोगकर्तालाई लक्षित गर्दै जाईस् सहकार्यमा टेलिफोटो स्पष्टता तथा लो–लाइट क्षमतामा उल्लेखनीय सुधार गरिएको छ। मोडेलको मुख्य आकर्षण २०० मेगापिक्सेल जाईस् एपियो टेलिफोटो क्यामेरा मानिएको छ। जसले सूक्ष्म विवरणलाई अत्यन्तै उच्च प्रिसिजनसहित प्रस्तुत गर्नेछ।

    यसलाई साथ दिने जाईस् गिम्बल–ग्रेड मुख्य क्यामेराले लो–लाइट तथा गतिशील दृश्यहरूलाई अझ स्थिर र प्राकृतिक बनाइदिने कम्पनीको दाबी छ।

    डिभाइसमा ५० मेगापिक्सेल जाईस् वाइड–एंगल फ्रन्ट क्यामेरा समावेश गरिने भिभोले जनाएको छ। जसले सेल्फी तथा ग्रुप फोटोहरूलाई अझ स्पष्ट र फराकिलो बनाउन योगदान गर्नेछ।

    भिभो एक्स३०० प्रो ‘प्रो इमेजिङ चिप भियस् वन’ तथा डाइमेन्सिटी ९५०० चिपसेटमा आधारित रहेर सञ्चालन हुनेछ। भित्र रहेको भी थ्री प्लस इमेजिङ चिप र भिभोले विकास गरेको उच्च–दक्षता एनपीयूले इमेजिङ प्रक्रिया छिटो, सहज र शक्तिशाली बनाउने कम्पनीको दाबी छ । भियस् वनले प्रि–प्रोसेसिङ र भी थ्री प्लसले पोस्ट–प्रोसेसिङ जिम्मा लिनेछ।

    फोनको मजबूतीका लागि यसमा आर्मर ग्लासको प्रयोग गरिएको प्रारम्भिक जानकारी छ। जसले स्क्र्याच तथा ड्रपबाट उच्च सुरक्षा दिनेछ। साथै, ६५१० क्षमताको ब्लू–वल्ट ब्याट्री र ९० वाट फास्ट चार्जिङले द्रुत चार्जिङसँगै भरपर्दो पावर ब्याकअप प्रदान गर्नेछ।

    भिभो एक्स३०० प्रोप्रति नेपाली बजारमा चासो बढिरहेका बेला कम्पनीले अत्याधुनिक हार्डवेयर, उन्नत सफ्टवेयर तथा शक्तिशाली चिपसेटको संयोजनमार्फत मोबाइल नवप्रवर्तनमा नयाँ मानक स्थापित गर्ने लक्ष्य लिएको छ।

    छिट्टै सार्वजनिक हुने यो फ्ल्यागशिप मोडेलले प्रयोगकर्तालाई आफ्ना महत्वपूर्ण क्षणहरू अझ यथार्थ, स्पष्ट र आत्मविश्वासका साथ क्याप्चर तथा साझा गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ।

     

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend