बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्षलाई नियुक्ति पत्र प्रदान

प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्षलाई नियुक्ति पत्र प्रदान

images
२०८२ मंसिर २१ गते, आइतवार
२०८२ मंसिर २१ गते, आइतवार
  • काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले स्वतन्त्र, निश्पक्ष, मर्यादित र जिम्मेवारीपूर्ण पत्रकारिताको विकासका लागि प्रेस काउन्सिल नेपालले थप प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।

    images

    प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त वरिष्ठ अधिवक्ता डा. कुमार आचार्यलाई आज सञ्चारमन्त्रालयमा नियुक्ति पत्र प्रदान गर्दै मन्त्री खरेलले पेशागत उच्च व्यवसायिक अभ्यासकासाथ मर्यादित र जिम्मेवारीपूर्ण पत्रकारिताको विकासमा काउन्सिल सक्रिय हुनुपर्ने बताए।

    images

    सञ्चारमन्त्री खरेलले नेपालको आमसञ्चार र नयाँ मिडियालाई थप व्यवसायिक, मर्यादित, जनउत्तरदायी र प्रभावकारी बनाउन काउन्सिलले संविधान र कानुनले दिएको अधिकार र जिममेवारी कर्तव्यवहन गर्दै काम गर्नुपर्नेमा जोड दिए।

    “प्रेस काउन्सिलको अध्यक्षजस्तो गरिमामय पदको जिम्मेवारी पाउनुभएको छ। यहाँले आफ्नो कार्यकाल इतिहासमा रेकर्ड रहने गरी जिम्मेवारीपूर्वक काम गर्ने विश्वास लिएको छु”,मन्त्री खरेलले भने,“संस्थाको गरिमा बढाउनेगरी मर्यादित र जिम्मेवारीपूर्वक पत्रकारिताको विकासका निम्ति प्रभावकारी भूमिका खेल्न आग्रह गर्दछु।”

    सरकारले सुशासन कायम, भ्रष्टाचार नियन्त्रणका लागि काम गरिरहेको अवस्थामा आगामी निर्वाचनलाई निश्पक्ष, स्वतन्त्र र धाधलिरहित बनाउने तथा मिस इनफरमेशन, डिस इनफरमेसन र फेक न्यूजको दबदबालाई चिर्नेगरी काउन्सिलको भूमिका प्रभावकारी बनाइनुपर्नेमा जोड दिए।

    उनले भने,“काउन्सिलको अध्यक्षले भन्नुभएजस्तै कारबाहीको दायरा भन्दा पनि बढी जिम्मेवार बनाउनेकुरा  महत्वपूर्ण हो। जिम्मेवारी गहन छ सफलतापूर्वक पुरा गर्ने विश्वास लिएको छु।”

    काउन्सिलका नवनियुक्त अध्यक्ष आचार्यले प्राप्त गहन जिम्मेवारीलाई इमान्दारिपूर्वक पालना गर्ने विश्वास व्यक्त गरे। उनले अधिकारको प्रयोग नगरी कर्तव्य प्रयोग गरेर संस्थाको गरिमालाई उचो बनाउने कार्यमा सक्रिय प्रतिवद्धता जनाए।

    उनले भने,“जेनजी आन्दोलनपछि सुशासनको पक्ष र भ्रष्टाचारविरुद्धमा गठन भएको सरकारले नियुक्त गरेको मान्छे भएर मेरो प्राथमिकतामा संस्थागत भ्रष्ट्राचार र अनियमितता नियन्त्रण तथा मर्यादित र जिम्मेवारिपूर्ण पत्रकारिताको विकास रहेको छ।”

    प्रेस काउन्सिलको अध्यक्ष पदमा नियुक्त वरिष्ठ अधिवक्ता डा. कुमार आचार्यलाई नियुक्ति पत्र प्रदान गरिएको हो। मन्त्रिपरिषद्को यही मङ्सिर १५ गतेको बैठकले आचार्यलाई काउन्सिलको अध्यक्ष नियुक्त गरेको थियो।

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend