काठमाडौं। प्रधानमन्त्री शुशिला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबिच आज भेटवार्ता भएको छ।
प्रधानमन्त्री कार्कीले भेट बारे सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएकी छन्। संयोगले कार्की पहिलो महिला प्रधानमन्त्री हुन् भने भण्डारी पहिलो महिला राष्ट्रपति हुन्।
`पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीज्यूसँग आज सिंहदरबार सौहार्दपूर्ण भेट भयो। हालै भएका मानवीय तथा भौतिक क्षतिमा दोषी देखिएका कसैले उन्मुक्ति पाउने छैनन्। जेनजी आन्दोलनको भावनाअनुरुप भ्रष्टाचार नियन्त्रण र फागुन २१ को निर्वाचनको तयारी समान प्राथमिकतामा छन्। स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचनका पक्षमा उहाँको चासो र समर्थनले हामीलाई थप ऊर्जा प्रदान गरेको छ।´ प्रधानमन्त्री कार्कीले भेट बारे उल्लेख गरेकी छन्।



