काठमाडौं। यो वर्ष न्युनतम तापक्रम सरदर भन्दा बढी हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अर्थात सरदर भन्दा न्यून तापक्रम बढी हुने र जाडो कम हुनेछ।
यस्तै अधिकतम तापक्रम पनि देशैभरी सरदर भन्दा बढी हुनेछ। यो भनेको न्यानो हुने सम्भावना बढी हुनु हो।
मौसमविद अशोक बख्रेलका अनुसार यो वर्षको हिउँद अर्थात मंसिर १५ गतेदेखि फागुन १६ गतेसम्मको अवधिमा पानी पर्ने सम्भावना सरदर भन्दा कम छ।
बख्रेरेलका अनुसार पानी कम पर्दा सुख्खापन बढाउने छ।
शुदुरपश्चिम प्रदेशका उत्तरी र दक्षिण पश्चिम भुभाग, कर्णाली प्रदेशका मध्य र उत्तरी भुभाग, लुम्बिनी प्रदेशका अधिकांश भुभाग, बागमतीका उत्तर पुर्वी र दक्षिण पश्चिम भुभाग, मधेस प्रदेशका अधिकांश भुभाग र कोसी प्रदेशका दक्षिणी र उत्तर पश्चिम भुभागमा न्युनतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको बख्रेल बताउँछन्।
विगतका तीन वर्षदेखि हिउँदमा सरदर भन्दा कम पानी परेको उनी बताउँछन्। यो ऋतुगत आँकलन भएको बख्रेलको भनाइ छ। यो अनुमान लामो अवधिको भएकाले डिसेम्बरको अन्त्यतिर पुन: थप आँकलन गरिने उनी बताउँछन्।



