बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयरमा विशेष छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयरमा विशेष छुट

images
२०८२ मंसिर १६ गते, मंगलवार
२०८२ मंसिर १६ गते, मंगलवार
  • काठमाडौं। एनआईसी एशिया बैंकका ग्राहकले दृष्टि आई केयर सिस्टममा उपचार सेवा लिँदा विशेष छुट पाउने भएका छन्।

    images

    एनआईसी एशिया बैंक र अस्पतालबीच सो सम्बन्धि सम्झौता सम्पन्न भएको हो। सम्झौता अनुसार सो बैंकका ग्राहकले काठमाडौंस्थित दृष्टि आई केयरमा उपलब्ध विभिन्न सेवा उपयोग गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

    images

    सम्झौता अनुसार सो अस्पतालमा आँखा, नाक, कान र घाँटी (ENT) सम्बन्धी उपचारमा छुट सुविधा उपलब्ध हुने छ।

    इएनटी तथा जनरल सेवाअन्तर्गत ओपीडी सेवामा २० प्रतिशत र इनभेष्टिगेशनमा १० प्रतिशत छुट पाइनेछ। त्यस्तै, आँखा उपचार सेवामा ओपीडी (जेनरल) मा २० प्रतिशत, अपरेशन चार्ज, सर्जरी प्याकेज तथा इनभेष्टिगेशनमा ५ प्रतिशत छुट, ल्याबमा १० प्रतिशत तथा अप्टिकल प्रोडक्टमा ७.५ प्रतिशत छुट सुविधा उपलब्ध हुने बताइएको छ।

    यस सुविधाको लाभ लिन ग्राहकहरूले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ। वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्न सकिने बैंकले जनाएको छ।

    बैंकले दृष्टि आई केयरसँगको सहकार्यले ग्राहकहरूको स्वास्थ्य खर्चमा राहत पुग्नुका साथै मुलुकमा डिजिटल भुक्तानी प्रवर्धन र नगदरहित कारोबारलाई समर्थन गर्ने विश्वास व्यक्त गरेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend