काठमाडौं। नेपालमा एचआईभी संक्रमित बालबालिकाको संख्या एक हजार बढी रहेकाे तथ्यांक सार्वजनिक भएको छ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार हाल नेपालमा एक हजार ५८ एचआईभी पोजेटिभ बालबालिका छन्।
केन्द्रका निर्देशक डा. सर्वेश शर्माका अनुसार कुल संक्रमित भने ३४ हजार ३३७ जना छन्। जसमध्ये ५ वर्षमाथिका ३३ हजार २७९ जना छन्। नेपालमा हाल १४ हजार महिला र १९ हजार २७९ पुरुष एचआईभी संक्रमित रहेकाे केन्द्रकाे तथ्यांक छ।



