बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

प्रभु बैंकको कामू प्रमुख कार्यकारी अधिकृतमा लम्साल

प्रभु बैंकको कामू प्रमुख कार्यकारी अधिकृतमा लम्साल

images
२०८२ मंसिर १५ गते, सोमवार
२०८२ मंसिर १५ गते, सोमवार
  • काठमाडौं। प्रभु बैंकको कामू प्रमुख कार्यकारी अधिकृतमा निरज लम्साल नियुक्त भएका छन्। आइतबार राति बसेको बैंकको सञ्चालक समितिको आकस्मिक बैठकले लम्साललाई कामू सीईओको जिम्बेवारी दिने निर्णय गरेको हो।

    images

    बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोख्रेल र प्रमुख कर्जा अधिकृत (सिसीओ) रिवास श्रेष्ठलाईलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले आइतबार पक्राउ गरेको थियो।

    images

    उनीहरू पक्राउ परेपछि सन्चालक समितिले लम्साललाई कामूू सीईओको जिम्बेवारी दिएको हो। लम्सालको जिम्मेवारी आइतबारदेखि कायम हुनेछ।

    सन्चालक समितिले वरिष्ठताका आधारमा लम्साललाई जिम्बेवारी दिएको बैंकका सूचना अधिकारी रवीन्द्र ढकालले जानकारी दिए।

    ढकाललका अनुसार अनुसन्धान प्रक्रिया चलिरहे पनि बैंकको सेवा प्रवाहमा भने कुनै असर हुने छैन। उनले नियमित रुपमा सेवा लिन आफ्ना ग्राहकहरुलाई विज्ञप्ति जारी गरेर अनुरोध समेत गरेका छन्।

     

     

     

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend