बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

रोजगारीका लागि विदेश रहेका नेपालीले स्वास्थ्य सेवा तथा परामर्श कसरी लिने?

रोजगारीका लागि विदेश रहेका नेपालीले स्वास्थ्य सेवा तथा परामर्श कसरी लिने?

images
२०८२ मंसिर १३ गते, शनिवार
२०८२ मंसिर १३ गते, शनिवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोजगारीको सिलसिलामा विदेश रहेका नेपालीलाई स्वास्थ्य सेवा तथा परामर्शका लागि २४ घण्टा नै सेवा दिने गरेर आवश्यक ब्यवस्था मिलाएको छ।

    images

    मन्त्रालयले भाइवर, ह्वाटअप र इमो मार्फत मिगौला रोग र अन्य रोग सम्बन्धी सेवा तथा परामर्शका लागि २४ सै घण्टा सेवा उपलब्ध गराउने बताएको हो।

    images

    त्यसका लागि सम्पर्क नम्बर ००९७७ ९७६३४९०९०० मा भाइवर, ह्वाटअप वा इमोमा सम्पर्क गरेर सेवा वा परामर्श लिन सकिने मन्त्रालयले जनाएको छ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मिर्गौला सम्बन्धी रोगको परामर्श शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अन्य स्वास्थ्य सेवा सम्बन्धी परामर्श सेवा वीर अस्पतालबाट २४ सै घण्टा उपलब्ध गराउने गरेर आवश्यक प्रवन्ध गरिएको हो।

    मन्त्रालयले अन्य स्वास्थ्य सेवाका लागि ००९७७ ९८५१३४५७०१ र ००९७७ ९८५१३४५७०२ नम्बरको भाइवर र ह्वाटअपमा फोन गर्न भनेको छ।

    यस्तो छ स्वास्थ्य मन्त्रालयले आफ्नो फेसबुकमा उल्लेख गरेको सन्देश 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend