बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

सातै प्रदेशका स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा, के छन् मुख्य उपलब्धि?

सातै प्रदेशका स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा, के छन् मुख्य उपलब्धि?

images
२०८२ मंसिर १२ गते, शुक्रवार
२०८२ मंसिर १२ गते, शुक्रवार
  • काठमाडौं। देशका सातै प्रदेशमा रहेका स्वास्थ्य मन्त्रालयहरुले प्रदेश स्तरीय समीक्षा सम्पन्न गर्दै वर्षभरीका मुख्य उपलब्धि सार्वजनिक गरेका छन्।

    images

    शुक्रबार काठमाडौमा आयोजित आर्थिक वर्ष २०८१/०८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा देशका सातै प्रदेशमा रहेका स्वास्थ्य मन्त्रालयहरुले सम्पन्न गरेका प्रदेश स्तरीय समीक्षाको मुख्य उपलब्धि सार्वजनिक गरिएको हो।

    images

    प्रदेशगत रुपमा गरिएको समीक्षामा कोशी प्रदेशका सबै स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदण्ड (एमएसएस) सम्पन्न भएको उल्लेख छ।

    यसैगरी मधेश प्रदेशको पीएचएलएमसीमा बायोमेडिकल युनिट सुरु भएको र आयुर्वेद अस्पतालमा पनि न्युनतम सेवा मापदण्डको सुरुवात गरिएको उल्लेख छ।

    यसैगरी आर्थिक वर्ष २०८१/०८२ मा बागमती प्रदेशमा एक जिल्ला एक स्वस्थ सहर कार्यक्रम तथा एक स्थानीय तह एक नमुना स्वास्थ्य संस्था कार्यक्रम सुरुवात भएको भनिएको छ।

    यस्तै गण्डकी प्रदेशमा सेवाग्राहीको विवरण ड्यास वोर्डबाट हेर्न सकिने ब्यवस्थाको सुरुवात गर्दै ईएमआर तथा ईएचएमआईएस प्रणाली संचालन गरिएको छ।

    लुम्विनी प्रदेशले फ्यामिली हेल्थ प्रोफाइलको सुरुवात गरेको उल्लेख छ भने खर्च गर्ने स्वास्थ्य संस्थामा शुन्य वेरुजु प्रवर्द्धन कार्यक्रम संचालनमा ल्याएको छ। 

    यसैगरी कर्णाली प्रदेशबाट पेष्टिसाइड नियन्त्रण तथा न्युनिकरण कार्यक्रम सुरुवात भएको भनिएको छ। कर्णालीमा स्वास्थ्य संस्थाहरुको तथ्यांकहरुको गुणस्तर व्यवस्थापन गर्न हरेक महिनामा भर्च्युअल बैठक राखिने गरिएको छ।

    सुदुर पश्चिम प्रदेशले प्रदेशको समृद्धिको लागि स्वस्थ नागरिक कार्यक्रम अन्तर्गत मेरो मुटु स्वस्थ मुटु अभियान कार्यक्रम सुरुवात भएको जसले गर्दा पोषणको सुधारमा सहयोग पुगेको समीक्षासहितको वार्षिक प्रगतिमा उल्लेख छ। यो प्रदेशमा स्मार्ट न्युट्रेसन सर्वेको पनि सुरुवात गरिएको प्रगतिमा उल्लेख छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend