बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

जनकपुरमा सेनाको स्वास्थ्य शिविर, तीन हजारभन्दा बढीले लिए सेवा

जनकपुरमा सेनाको स्वास्थ्य शिविर, तीन हजारभन्दा बढीले लिए सेवा

images
२०८२ मंसिर ११ गते, बिहिवार
२०८२ मंसिर ११ गते, बिहिवार
  • काठमाडौं। नेपाली सेनाले जनकपुरमा संचालन गरेको स्वास्थ्य शिविरमा तीन हजार बढी नागरिकले स्वास्थ्य सेवा लिएका छन्।

    images

    विवाह पञ्चमी महोत्सवको अवसरमा मध्य पूर्वी पृतनाले स्थानीय स्वास्थ्य संस्थानहरूसँगको सहकार्यमा धनुषाको जनकपुरधाम उप-महानगरपालिका १०, बाह्रविगाहा मैदानमा मंसिर ८ गतेदेखि १० गतेसम्म स्वास्थ्य शिविर संचालन गरेको थियो।

    images

    विशेषज्ञ डाक्टरहरू सहितको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा छाला रोग, हाड-जोर्नी, नाक, कान, घाँटी, आँखा, बाल रोग, स्त्रीरोग, फिजिसियन, ड्रेसिङ स्टल लगायतकाअबाट तीन हजारभन्दा बढी स्थानीय तथा भक्तजनहरू लाभान्वित भएको सेनाले जनाएको छ।

    महिला र पुरुष गरी कूल १६ हजार ४०३ जनाले अवलोकन गरेको प्रदर्शनीको दौरान पुरुष १७ सय ६५ र महिला १३ सय १० गरी कुल ३ हजार ७५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो।

    त्यसै उक्त स्वास्थ्य शिविरमा ९५ जनाको जल विन्दु (Cataract) शल्यक्रिया समेत सफलतापूर्वक सम्पन्न गरिएको सेनाले जनाएको छ।

    सो शिविरमा नेपाली सेना सम्बन्धी विविध प्रदर्शनीका साथै सचेतनामूलक कार्यक्रम, सामाजिक उत्तरदायित्व कार्यक्रम तथा नेपाली सेनासँग सम्बन्धित जानकारीमूलक फोटो तथा भिडियो प्रदर्शनी गरिएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend