बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

क्युरेक्स फर्मास्युटिकल्सको `रेक्सामोल´मा न्यून गुणस्तर, बजारबाट फिर्ता लैजान निर्देशन

क्युरेक्स फर्मास्युटिकल्सको `रेक्सामोल´मा न्यून गुणस्तर, बजारबाट फिर्ता लैजान निर्देशन

images
२०८२ मंसिर ११ गते, बिहिवार
२०८२ मंसिर ११ गते, बिहिवार
  • काठमाडौ। औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्स प्रालि बनेपाले उत्पादन गरेको रेक्सामोल (पारासिटामोल ट्याब्लेट) को टिआरएक्स–६९५ ब्याच कम गुणस्तरको भएको बताएको छ।

    images

    विभागले बुधबार एक सूचना प्रकाशित गर्दै क्युरेक्सले उत्पादन गरेको सो ब्याचको रेक्सामोल बजारबाट तत्काल फिर्ता लैजान निर्देशन दिएको छ।

    images

    सूचनामा बजार अनुगमनको क्रममा संकलन गरिएका औषधि राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर भएको पाइएको उल्लेख छ। सोही कारण विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम विक्रीवितरण रोक्का गरि तुरुन्त बजारबाट फिर्ता गर्न भनेको हो।

    विभागले उक्त ब्याच नम्बरको औषधि सिफारिस, विक्रीवितरण तथा प्रयोग नगर्न र नगराउन पनि सबैमा आग्रह गरेको छ।  

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend