बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

पीजी पढ्न एक वर्षे कार्य अनुभव बाधक, खारेज गर्न चिकित्सक संघको माग

पीजी पढ्न एक वर्षे कार्य अनुभव बाधक, खारेज गर्न चिकित्सक संघको माग

images
२०८२ मंसिर ९ गते, मंगलवार
२०८२ मंसिर ९ गते, मंगलवार
  • काठमाडौं। नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा तथा चिकित्सकहरूको हक हितका विषयमा सरकारलाई ४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।

    images

    संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीको नेतृत्वमा मंगलबार संघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई ध्यानाकर्षण पत्र बुझाएको हो। सो पत्रमा चिकित्सा शिक्षा नियमावली २०७७ को प्रावधान संशोधनको माग गरिएको छ।

    images

    ध्यानाकर्षण पत्रमा स्नातकोत्तर (पीजी) पढ्न एक वर्षे कार्य अनुभव बाधक रहेकाले खारेजीको माग गरिएको छ भने चिकित्सा शिक्षा ऐनमा उल्लेखित शैक्षिक ऋणको अविलम्ब व्यवस्था गर्नुपर्ने माग गरिएको छ।

    पत्रमा बोन्डमा रहेका चिकित्सकहरूले पनि केन्द्रीय वा प्रादेशिक लोक सेवा आयोग तथा नेपाल सरकार अन्तर्गतका विभिन्न संस्थाद्वारा लिइने परीक्षामा भाग लिन पाउनुपर्ने माग गरिएको छ।

    यसैगरी दोस्रो बुँदामा बोन्डमा रहेका चिकित्सकहरूले पनि PG/DM/MCh को लागि प्रवेश परिक्षा दिन पाउनुपर्ने र सो बोन्डको अवधि पनि समावेश गर्न भनिएको छ।

    यस्तै चिकित्सा शिक्षा ऐनमा उल्लेखित शैक्षिक ऋणको अविलम्ब व्यवस्था गर्नुपर्ने माग गरिएको छ भने स्नातकोत्तर अध्ययन गर्नको लागि एक वर्षे कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था खारेज गर्नुपर्ने माग तेस्रो बुँदामा छ।

    ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री पुनले संघका मागका विषयमा ध्यानाकर्षण भएको बताउँदै अध्ययन गरेर निर्णय लिइने जवाफ दिएको चिकित्सक संघका अध्यक्ष कार्कीले जानकारी दिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend