बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

मतदाता नामावलीमा नाम लेखाउने आज अन्तिम दिन

मतदाता नामावलीमा नाम लेखाउने आज अन्तिम दिन

images
२०८२ मंसिर ५ गते, शुक्रवार
२०८२ मंसिर ५ गते, शुक्रवार
  • काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अहिले धमाधम मतदाता नामावलीमा नाम दर्ता गर्ने काम भइरहेको छ। निर्वाचन आयोगले आज शुक्रबार सम्म मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने जनाएको छ।

    images

    प्रधानमन्त्री शुशीला कार्कीले मतदाता नामावलीमा नाम लेखाउने आज अन्तिम दिन भएको भन्दै आफ्नो नाम दर्ता गराएर लोकतान्त्रिक अधिकार सुरक्षित गर्न सबैमा अनुरोध गरेकी छन्।

    images

    `फागुन २१ को निर्वाचनको लागि मतदाता नामावलीमा नाम दर्ता गराउन आज अन्तिम दिन रहेको छ। आफूलाई दर्ता गराई आफ्नो लोकतान्त्रिक अधिकार सुरक्षित गर्नुहोस्।´ प्रधानमन्त्री कार्कीले सामाजिक संजालमा लेखेकी छन्।

    निर्वाचन आयोगका अनुसार नामावलीमा नयाँ नाम दर्ता गर्ने मतदाताको संख्या ३ लाख नाघेको छ।

    आयोगले मतदाता नामावली ऐन, २०७३ मा गरिएको संशोधन पश्चात आयोगको असोज ९ गतेको निर्णयानुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि कात्तिक ३० गते सोमबारसम्म कायम गरेकोमा पुन: थप गर्दै आज (मंसिर ५) सम्मको समय दिएको थियो।

    आयोगले थप गरिएको अवधिमा मतदाता नामावलीमा नाम दर्ता गराउन राष्ट्रिय परिचयपत्र प्रयोग गरेर वा साविकमा प्रयोगमा रहेकोमार्फत आवेदन गरी निर्वाचन कार्यालयमा जैविक विवरण (फोटो तथा औँठाछाप) दिएर सेवा लिन सकिने बताएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend