बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

जेन-जी आन्दोलनका घाइतेको रेकर्ड खोज्नै सरकारलाई सकस, मन्त्रीले गरे फेसबुकबाट सम्पर्कमा आउन आह्वान

जेन-जी आन्दोलनका घाइतेको रेकर्ड खोज्नै सरकारलाई सकस, मन्त्रीले गरे फेसबुकबाट सम्पर्कमा आउन आह्वान

मन्त्रीले भने : अड्रेस र फोन टिप्न छुटेछ

images
२०८२ मंसिर ३ गते, बुधवार
२०८२ मंसिर ३ गते, बुधवार
  • काठमाडौं। गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूको रेकर्ड तयार गर्न सरकारलाई सकस परेको छ।

    images

    सरकारले अस्पतालमा उपचार भएकाहरुको रेकर्डका आधारमा २४ सय २९ जना घाइतेको विवरण राखेको भएपनि उनीहरु को कहाँका हुन् भन्ने प्रष्ट छैन। जसले गर्दा सरकारलाई घाईतेहरुलाई दिनु पर्ने सहयोग पठाउन असहज भएको छ।

    images

    वर्तमान सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले हतारमा अस्पतालमा उपचार गरेका २४ सय २९ जना घाईतेहरु मध्ये १८ सय जना जतिको नाम मात्र टिपेको तर ठेगाना र फोन टिप्न छुटेको हुँदा मन्त्रालयले घाईतेहरुलाई दिनु पर्ने सहयोग पठाउन नसकेको भनेका हुन्।

    उनले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन्, `जेन-जी आन्दोलनमा घाईते भएका भाईबहिनीहरुलाई अत्यन्त जरूरी सुचना - तपाईहरुको नाम, अड्रेस र फोन SMS गरेर हेल्पडेस्कको 9705478089 मा तुरुन्त पठाउनु होला। हतारमा अस्पतालमा उपचार गरेका २४२९ जना घाईतेहरु मध्ये १८०० जना जतिको नाम मात्र टिपेको तर अड्रेस र फोन टिप्न छुटेको रहेछ । त्यसैले मन्त्रालयले घाईतेहरुलाई दिनु पर्ने सहयोग पठाउन नसकेको रहेछ।´

    सरकारले मंगलबार बसेको मन्त्री परिषद् बैठकमार्फत जेन-जी आन्दोलमा घाइते भएका २४ सय २९ जनालाई जनही रु १५ हजार तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरेको थियो।

    सरकारले यो निर्णय घाइतेको पूरा विवरण बिनानै गरेको देखिएको छ। अस्पतालले उपलब्ध गराएको विवरणका आधारमा मात्र सरकारले घाइतेलाई रकम उपलब्ध गराउने निर्णय गरेको मन्त्री पुनकै धारणाले पुष्टि गरेको हो। मन्त्री पुनलाई नै आधार मान्ने हो भने सरकारसँग सबै घाइतेको ठेगाना र सम्पर्क नम्बर छैन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend