काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले प्रसाईंलाई सोमबार राति भक्तपुरस्थित उनको निवासबाटै पक्राउ गरेको हो।
प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो।
प्रसाईं नेतृत्वको समूहले मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने तयारी गरिरहेको थियो। आन्दोलनको तयारीकै क्रममा प्रसाईंले हिंसा भड्किने उत्तेजक अभिव्यक्ति दिंदै आएका थिए। सोही कारण उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
प्रसाईंलाई प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको जनाएको छ।
यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि प्रसाईं पक्राउ परेका थिए। उनलाई अदालतको आदेशपछि छाडिएको थियो।



