बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

पहिलोपटक मनाइयो पाठेघरको मुखको क्यान्सर निवारण दिवस

पहिलोपटक मनाइयो पाठेघरको मुखको क्यान्सर निवारण दिवस

images
२०८२ मंसिर १ गते, सोमवार
२०८२ मंसिर १ गते, सोमवार
  • काठमाडौं। “आजैदेखि लागौँः पाठेघरको मुखको क्यान्सर निवारण गरौं” भन्ने नारासहित नेपालमा पहिलो पटक विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस मनाइएको छ।

    images

    विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस २०८२ नेपालमा सोमबार पहिलोपटक मनाइएको हो। विश्व स्वास्थ्य संगठनले ७८ औं महासभाबाट नोभेम्बर १७ लाई विश्व पाठेघरको मुखको क्यान्सरको निवारण दिवसको रुपमा मनाउने निर्णय गरेको थियो।

    images

    दिवसका अवसरमा आयोजित कार्यक्रममा पाठेघरको मुखको क्यान्सर रोकथाम तथा व्यवस्थापन सम्बन्धि काम, नेपालमा पाठेघरको मुखको क्यान्सरको नियन्त्रणका लागि नेपालले थालेको पहल, चुनौती र आगामी कार्यदिशा, एच.पि.भी. खोप अभियान २०८१ को सिकाई तथा समीक्षा विषयमा जानकारी गराइएको थियो।

    नेपालमा महिलाहरूमा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख रहँँदै आएको छ। ग्लोबल क्यान्सर अब्जरभेटरीद्वारा सन् २०२२ मा सार्वजनिक प्रतिवेदनले नेपालमा वार्षिक २ हजार १६९ जना महिलाहरूमा पाठेघरको मुखको क्यान्सर पत्ता लाग्ने गरेको र १ हजार ३१३ जना महिलाको मृत्यु हुने गरेको देखाएको छ।

    कार्यक्रममा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, उपचार र एचपिभी खोप अभियानमा सहयोग गर्ने व्यक्ति लगायत संघ संस्थालाई मन्त्रालयले सम्मान समेत गरिएको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend