काठमाडौं। स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. केशरबहादुर ढकाल नियुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले मन्त्रालयमा १२ औँ तहको अतिरिक्त सचिव रहेका डा. ढकाललाई विभागको महानिर्देशकमा नियुक्त गरेकी हुन्।
यसअघि विभागका महानिर्देशक रहेका डा. टंक बाराकोटीले स्वास्थ्य तथा पारिवारिक कारण देखाउँदै आइतबारबाट लागू हुनेगरेर पदबाट राजीनामा दिएका थिए। उनले दिएको राजीनामा स्वीकृत भइसकेको छ।
डा. बाराकोटीको राजीनामा स्वीकृत भएसँगै मन्त्रालयमा १२ औं तहमा अतिरिक्त सचिव रहेका डा. ढकाललाई सो जिम्मेवारी दिइएको हो।
डा. बाराकोटी भन्दा अघि स्वास्थ्य सेवा बिभागमा डा. संगिता कौशल मिश्रा महानिर्देशक थिइन्।



