बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

स्वास्थ्य मन्त्रीद्वारा संयुक्त राष्ट्रसंघीय निकायलाई स्वास्थ्य सुधारको सहयोगमा निरन्तरताको आग्रह

स्वास्थ्य मन्त्रीद्वारा संयुक्त राष्ट्रसंघीय निकायलाई स्वास्थ्य सुधारको सहयोगमा निरन्तरताको आग्रह

images
२०८२ कार्तिक २७ गते, बिहिवार
२०८२ कार्तिक २७ गते, बिहिवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले नेपालका लागि स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएका संयुक्त राष्ट्रसंघका विभिन्न निकायका प्रतिनिधिहरूसँग संयुक्त शिष्टाचार भेट गरेकी छन्।

    images

    बुधबार भएको सो भेटवार्ताका क्रममा मन्त्री डा. गौतमले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणमा संयुक्त राष्ट्रसंघीय निकायहरूले पुर्‍याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गरेकी छन्।

    images

    भेटका क्रममा उनले सरकारका प्रमुख प्राथमिकताहरू मातृ स्वास्थ्य, बालबालिका तथा किशोर-किशोरी स्वास्थ्य, मानसिक स्वास्थ्य, औषधिको गुणस्तर नियमन र सुधार, स्वास्थ्य बीमाको विस्तार र सुधार, राष्ट्रिय औषधि प्रयोगशालाको सुदृढीकरण तथा व्यवस्थित स्वास्थ्य सामग्रीको खरिद र आपूर्तिको शृंखला सुधार लगायतका विषयमा जोड दिइन्।

    सो भेटवार्तामा सहभागी संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरूले नेपाल सरकारको नेतृत्वमा स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि निरन्तर समर्थन र सहयोगमा सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    भेटवार्तामा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश एस. पाण्डव, संयुक्त राष्ट्र संघ नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुक, UNFPA नेपालका श्रीराम हरिदास, UNICEF नेपालकी एलिस अकुङ्गा, WFP नेपालका रियाज लोधी, र FAO नेपालका अरुण जी.सी. सहभागी रहेका थिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend