बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

काठमाडौंमा अन्तर्राष्ट्रिय कर सम्मेलन हुँदै, स्वदेशी र विदेशी प्रतिनिधिबिच बृहत् संवाद हुने

काठमाडौंमा अन्तर्राष्ट्रिय कर सम्मेलन हुँदै, स्वदेशी र विदेशी प्रतिनिधिबिच बृहत् संवाद हुने

images
२०८२ कार्तिक २७ गते, बिहिवार
२०८२ कार्तिक २७ गते, बिहिवार
  • काठमाडौं। आगामी मंसिर २ गतेदेखि ५ गतेसम्म काठमाडौँमा अन्तर्राष्ट्रिय कर सम्मेलन हुने भएको छ। सम्मेलनमा ३५० अन्तरराष्ट्रिय प्रतिनिधि र २०० भन्दाबढी नेपालका कर व्यवसायी सहभागी हुनेछन्।

    images

    नेपाल चेम्बर अफ ट्याक्स कन्सलटेन्ट्सको आयोजनामा मंसिर २ गतेदेखि ५ गतेसम्म अन्तर्राष्ट्रिय कर सम्मेलन आयोजना गरिने बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।

    images

    अन्तर्राष्ट्रिय कर सम्मेलन आयोजक संस्थाका अध्यक्ष रोशन पोखरेलले कर शिक्षा र क्षमता विकास, सरकारी नियकाहरुसँग नीतिगत संवाद र वकालत तथा कर क्षेत्रमा अनुसन्धान र सुधारको उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको बताए।

    ‘सम्मेलन विशेषगरी नेपालको कर प्रणालीको विकसित रुप प्रदर्शन गर्ने, नेपाली कर व्यवसायीहरुलाई अन्तरराष्ट्रियस्तरका विशेषज्ञसँग जोड्ने र नेपाललाई ‘माइस’ गन्तव्यका रुपमा प्रवर्द्धनमा केन्द्रित हुनेछ’, उनले भने।

    उनका अनुसार सम्मेलनमा ३५० जना अन्तरराष्ट्रिय प्रतिनिधि र २०० भन्दाबढी नेपालका कर व्यवसायी, नीतिनिर्माता, सरकारी अधिकारी, व्यवसायी तथा विज्ञहरुको सहभागिता रहनेछ।

    सम्मेलनले नेपालको कर र वित्त व्यवसायीहरुको क्षमता अभिवृद्धि, कर नीति र अनुपालनामा अन्तरराष्ट्रिय अभ्यास आदनप्रदान र सञ्चार प्रवर्द्धन गर्नेमा अपेक्षा गरिएको छ।

    यसैगरी सम्मेलनमार्फत नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन तथा कर र लगानीका क्षेत्रमा अन्तरराष्ट्रिय सहकार्य विस्तारमा सहयोग पुग्ने अध्यक्ष पोखरलले जानकारी दिए।

    सम्मेलनमा विकासशील देशहरुको कर प्रणालीको ऐतिहासिक विकास, उदाउँदो अर्थतन्त्रमा कर नीति कार्यान्वयनका चुनौतीहरु, विश्वव्यापी कर अनुपालनामा कर व्यवसायीको भूमिका, कर प्रशासनमा डिजिटल रुपान्तरणका अवसर र चुनौती, विकासशील अर्थतन्त्रमा कर व्यवसायीहरुको आचारसंहिता र व्यावसायिक दायित्वलगायतका विषयमा बहस हुनेछ।

    सम्मेलनको आकर्षणका रुपमा मंसिर ५ गते आन्तरिक राजस्व विभागसँगको सहकार्यमा ‘प्राक्टिकल एस्पेक्ट अफ ट्रान्सफर प्राइसिङ’ विषयमा चार घण्टा लामो सेमिनार आयोजना हुनेछ।

    सम्मेलन एसिया–ओसियान ट्याक्स कन्सलटेन्ट्स एशोसिएसनको समन्वयमा सञ्चालन हुनेछ। नेपाल चेम्बर अफ ट्याक्स कन्सलटेन्ट्स सन् २०१८ मा स्थापना भएको थियो।

    सो संस्थाले नेपालमा करसम्बन्धी नीतिगत अध्ययन, कर विज्ञको प्रवर्द्धन, प्रचलित अन्तर्राष्ट्रिय कर अभ्यासको विश्लेषण, कर व्यवसायीको संस्थागत विकास तथा करसम्बन्धी निकायसँग सहकार्य र समन्वय गर्दै आएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend