बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

१० औं नेपाल फर्मा एक्स्पो काठमाडौंमा हुँदै, १५० बढी स्टल रहने

१० औं नेपाल फर्मा एक्स्पो काठमाडौंमा हुँदै, १५० बढी स्टल रहने

images
२०८२ कार्तिक २६ गते, बुधवार
२०८२ कार्तिक २६ गते, बुधवार
  • काठमाडौं। देशकै सबैभन्दा ठूलो औषधी तथा स्वास्थ्य क्षेत्रको प्रदर्शनी नेपाल फर्मा एक्स्पो काठमाडौंमा आयोजना हुने भएको छ।

    images

    नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा नेपाल फर्मा एक्स्पो २०२६ काठमाडौंको भृकुटीमण्डपमा हुने तय भएको हो। यसअघि यो एक्स्पो काठमाडौं बाहिर चितवनमा समेत भएको थियो। अब आयोजना हुने फर्मा एक्स्पो १० औं संस्करण हो।

    images

    नेपाल औषधि उत्पादक संघका महासचिव तथा एक्स्पोका संयोजक सन्तोष बरालका अनुसार फागुन २८ गतेदेखि ३० गतेसम्म काठमाडौँमा एक्स्पोको आयोजना हुनेछ भने औषधिजन्य क्षेत्रका १५० बढी स्टल रहने छन्। यो एक्स्पो हरेक दुई वर्षमा हुँदै आएको छ। 

    एक्स्पोमा औषधी उद्योगका नवीनतम उत्पादन, प्रविधि र नवप्रवर्तन प्रस्तुत गरिने महासचिव बरालले बताए। यस वर्षको एक्स्पोले स्वदेशी औषधी उद्योगको क्षमता र नवप्रवर्तनलाई विश्वसामु चिनाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको उनको भनाइ छ।

    एक्स्पोका लागि आगामी मंसिर १ गतेबाट स्थान बुकिङ हुनेछ। जहाँ औषधी  कम्पनी, स्वास्थ्य उपकरण निर्माता, फार्मास्युटिकल आपूर्तिकर्ता, विज्ञ तथा अनुसन्धानकर्ताको सहभागिता रहनेछ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend