बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

स्वास्थ्य बीमामा देखिएका समस्याको तत्काल समाधान हुन्छ : स्वास्थ्यमन्त्री डा. गौतम

स्वास्थ्य बीमामा देखिएका समस्याको तत्काल समाधान हुन्छ : स्वास्थ्यमन्त्री डा. गौतम

images
२०८२ कार्तिक २४ गते, सोमवार
२०८२ कार्तिक २४ गते, सोमवार
  • भक्तपुर। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्याको तत्काल समाधान गरिने बताएकी छन्।

    images

    सोमबार भक्तपुर क्यान्सर अस्पतालको ३१औँ वार्षिकोत्सव तथा नवनिर्मित प्रयोगशाला भवनको उद्घाटन गर्दै उनले सेवा वापतको केही रकम भुक्तान हुन बाँकी रहेको समेतका विषयमा सरकारले काम गरिरहेको बताइन्।

    images

    मन्त्री डा. गौतमले संविधानले सुनिश्चित गरेको निःशुल्क स्वास्थ्यको अधिकारलाई कानुनबमोजिम उपलब्ध गराउन पनि सरकारले पहल गरिरहेको बताइन्।

    आधारभूत अस्पताल, स्वास्थ्यचौकी तथा अन्य स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध औषधिहरुको प्रभावकारी वितरणका लागि स्थानीय सरकारलाई निर्देशन दिँदै मन्त्री गौतमले स्थानीय सरकारलाई स्वास्थ्य सेवा उपलब्ध गराउन संघीय सरकारले सशर्त अनुदानको व्यवस्था गरेको  उनको भनाइ थियो।

    उनले सरकारको मुख्य कार्यभार आगामी फागुन २१ गते शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउनु रहेकाले यसबाट सरकार पछि नहट्ने पनि बताइन्।
        
    “सरकार समयमै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध छ, आम मतदातालाई आश्वस्त पार्ने काममा सम्बन्धित सबै पक्षलाई केन्द्रित हुन आग्रह गर्दछौँ।” मन्त्री गौतमको भनाइ थियो।

    कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगर, बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा श्रीकृष्ण श्रेष्ठ, भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्जवल चालिसेलगायतले अस्पतालको सेवालाई थप व्यवस्थित गरी प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend