काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौं मनोहराको सुकुम्बासी बस्तीमा पुगेर उत्तेजक अभिव्यक्ति दिएका छन्।
उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध लड्न सुकुम्बासीहरुलाई आह्वान गरेका छन्। आइतबार बिहान साे स्थानमा पुगेका प्रसाईँले सुकुम्बासीको घर भत्काउनेलाई लछारपछार पनि त्यस्तै गर्नुपर्ने भन्दै उक्साएका थिए।
साे क्रममा उनलेनबालेन विरुद्ध लड्न आफूले सहयाेग गर्ने समेत आश्वासन दिए। प्रसाईंले मङ्सिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा समर्थन जनाउन पनि सुकुम्बासीहरलाई आह्वान गरे।
प्रसाईँले दलहरुले सुकुम्बासीहरुलाइ भोट बैंक मात्र बनाएको बताउँदै आफूले भोट नमाग्ने बरु सबैलाइ पक्की घर दिलाउन मद्दत गर्ने आश्वासन पनि दिए।
सुकुम्बासी बस्ती खाली गर्न महानगरले दिएको एक हप्ताको अल्टिमेटम आज सकिँदैछ।



