बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

मापसे गरि सवारी साधन चलाउँदा एकै महिनामा दुईसय बढी दूर्घटना, १६ को मृत्यु

मापसे गरि सवारी साधन चलाउँदा एकै महिनामा दुईसय बढी दूर्घटना, १६ को मृत्यु

images
२०८२ कार्तिक २० गते, बिहिवार
२०८२ कार्तिक २० गते, बिहिवार
  • काठमाडौं। मादक पदार्थ सेवनपछि सवारी साधन चलाएका चालकका कारण एकै महिनामा दुईसय  बढी दूर्घटना भएका छन्।

    images

    नेपाल प्रहरीको तथ्यांक अनुसार असाेज महिनामा मात्रै २०७ दुर्घटना भएका छन् भने १६ जनाकाे मृत्यु भएको छ।

    images

    दुर्घटनामा परी ३५२ जना घाइते भएका छन्। सो अवधिमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा १०८ दुर्घटना भएका छन्। जसमा ६ जनाकाे मृत्यु भइ १९९ जना घाइते भएका छन्।

    यस्तै काठमाडौं उपत्यकामा २६ दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। काेसीमा ३७ दुर्घटना १ कै मृत्यु, मधेसमा ११ दुर्घटनामा १ जनाको मृत्यु भएको तथ्यांक छ।

    बाग्मतीमा ८ वटा घटना, गण्डकीमा ६ घटनामा ५ को मृत्यु, कर्णालीमा ६ घटना, सुदूरपश्चिममा ५ वटा दुर्घटना हुंदा २ जनाको मृत्यु भएकाे प्रहरीको तथ्यांक छ।

    बाग्मती र कर्णालीमा भने यो अवधिमा मृत्युुको तथ्यांक छैन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend