बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

अदालतको अवहेलना मुद्दामा चिकित्सक संघका महासचिवले पाए सफाइ

अदालतको अवहेलना मुद्दामा चिकित्सक संघका महासचिवले पाए सफाइ

images
२०८२ कार्तिक १९ गते, बुधवार
२०८२ कार्तिक १९ गते, बुधवार
  • काठमाडौं। नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन्। उनी विरुद्ध उच्च अदालत पाटनमा दायर रिटमा अदालतले दाबी नपुग्ने फैसला गरेको छ।

    images

    डा. तिवारी विरुद्ध उच्च अदालत पाटनमा अदालतको अवहेलना सम्वन्धी मुद्दा दर्ता भएको थियो। सो मुद्दामा बुधबार न्यायाधीशद्धय राजुकुमार खतिवडा र अवनी मैनाली भट्टराईको संयुक्त ईजलासले दाबी नपुग्ने फैसला सुनाएको हो।

    images

    उपचारमा लापवाही गरेको भन्दै उपभोक्ता अदालतले चिकित्सक तथा अस्पतालमाथि धमाधम कार्वाहीको फैसला सुनाउन थालेपछि नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको थियो।

    त्यसबखत डा. तिवारीले जारी गरेका बक्तव्य तथा अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै विपक्षी बनाएर उनी विरुद्ध उपभोक्ता हित संरक्षण मञ्चले गत १७ असारमा मुद्दा दायर गरेको थियो।

    अदालतको सो फैसलापछि डा. तिवारीले अदालतबाट न्याय पाएको बताए।

    `सम्मानित अदालतबाट हामीले न्याय पाएका छौँ। यो मेरो व्यक्तिगत मुद्दाको विषय होइन, यो नेपालमा न्याय जीवित छ भन्ने बलियो सन्देश हो।´ उनले भने।

    उनले अगाडी भनेका छन्, `सत्यको पक्षमा बोल्ने आवाजलाई अन्ततः न्याय प्राप्त हुन्छ, र यति बेला न्यायालय प्रतिको हाम्रो आस्था अझ बलियो बनेको छ। यस लामो यात्राका क्रममा मैले धेरै उतारचढावको सामना गरेँ, तर विश्वास कहिल्यै गुमाइनँ। आजको यस निर्णयले के पुष्टि गरेको छ भने न्याय ढिलो भए पनि मर्दैन।´

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend