बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

काठमाडौंका १९ स्थानमा अब नि: शुल्क वाइफाइ

काठमाडौंका १९ स्थानमा अब नि: शुल्क वाइफाइ

images
२०८२ कार्तिक १९ गते, बुधवार
२०८२ कार्तिक १९ गते, बुधवार
  • काठमाडौं। काठमाडौंका १९ सार्वजनिक स्थलमा अब नि:शुल्क वाइफाइ सेवा उपलब्ध हुने भएको छ।

    images

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्दिर, विमानस्थल लगायतका सार्वजनिक स्थानमा नि:शुल्क इन्टरनेटकाे व्यवस्था गर्न लागेकाे हाे।

    images

    मन्त्रालयले नयाँ बसपार्क, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर अस्पताल, किर्तिपुर अस्पताल, अन्तर्राष्ट्रिय विमानस्थल, यातायात व्यवस्था कार्यालय राधेराधेमा नयाँ सेवा विस्तार गर्न लागेकाे हाे।

    यातायात व्यवस्था कार्यालय ठुलाे भर्याङ र एकान्तकुनामा भने क्षमता वृद्धि गर्न लागिएको मन्त्रालयले जनाएको छ।

    पशुपतिनाथ मन्दिरसहित र यसअघि नि:शुल्क गरिएका अस्पतालहरुमा पनि इन्टरनेटकाे क्षमता थप गर्न लागिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend