बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

सुन र रेडियो चाेरेर फरार व्यक्ति ४७ बर्षपछि पक्राउ

सुन र रेडियो चाेरेर फरार व्यक्ति ४७ बर्षपछि पक्राउ

images
२०८२ कार्तिक १८ गते, मंगलवार
२०८२ कार्तिक १८ गते, मंगलवार
  • काठमाडौं। प्रहरीले सुनका गरगहना र रेडियाे चेरीपछि फरार कसुरदारलाई ४७ बर्षपछि पक्राउ गरेकाे छ। यो घटना स्याङ्जाको हाे।

    images

    स्याङ्जाको गल्याङ नगरपनलिका ७ कल्लेरीका लाल बहादुर रानालाई प्रहरीले ४७ वर्षपछि पक्राउ गरेकाे हाे। साेही ठेगानाका स्थानीय दिलबहादुर रानामगरकाे घरबाट सुनका गरगहना र रेडियाे चाेरेपछि उनीमाथि 'नकबजनी चाेरी' कसुरमा मुद्दा चलेकाे थियाे।

    images

    २०३५ साल वैसाख १५ मा चाेरी गरेका रानालाई जिल्ला अदालत स्याङ्जाले २०४५ मंसिरमा दाेषी ठहर गरेकाे। उनलाई अदालतले एक महिना १५ दिन कैद र चार हजार ५०० रुपैयाँ जरिवाना सुनाएकाे थियाे।

    तर त्यसपछि फरार भएका रानालाई वडा प्रहरी कार्यालय वालिङकाे विशेष अपरेसन टाेलीले यही कात्तिक १७ गते फेला पारेकाे हाे। उनलाई सजाय भुक्तानी गर्न बाँकी रहेकाे भन्दै जिल्ला कारागार स्याङ्जा चलान गरिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend