बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

ओम अस्पतालको क्यान्टिनमा चरम लापरबाही : ७ दिनका लागि बन्द

ओम अस्पतालको क्यान्टिनमा चरम लापरबाही : ७ दिनका लागि बन्द

images
२०८२ कार्तिक १८ गते, मंगलवार
२०८२ कार्तिक १८ गते, मंगलवार
  • काठमाडौं। सरसफाइमा चरम लापरबाही भएको पाइएपछि काठमाडौंकाे चावहिलस्थित ओम अस्पतालकाे क्यान्टिन सात दिनका लागि बन्द गराइएकाे छ।

    images

    काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमनपछि क्यान्टीन बन्द गराइएकाे हाे।

    images

    उक्त क्यान्टिनमा खाद्य रंगको अव्यवस्थित प्रयोग, म्याद गुज्रिएका उपभोग्य वस्तु, अस्वच्छ वातावरण, पेष्ट कन्ट्रोल (किटनाशक नियन्त्रण) व्यवस्था असन्तोषजनक रहेको, लेबल विवरण नदेखिएका खाद्य वस्तु प्रयोग गरिएको लगायत अनियमितता भेटिएको महानगरपालिकाले बताएको छ।

    अनुगमन टोलीका फुड टेक्नोलोजिस्ट अनिल बस्नेत र अशोक पराजुलीका अनुसार, सञ्चालकले व्यवसाय दर्ता समेत नगरेको हुँदा सात दिनका लागि बन्द गरी स्पष्टीकरणसहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको हो।

    अस्पताल प्रशासनले भने क्यान्टिन सञ्चालक परिवर्तन गरि  मर्मत र सम्पूर्ण सुरक्षा अपनाएपछि मात्र सञ्चालनमा ल्याइने जनाएको छ।

    टाेलीले अनुगमन गरेका मेडिकेयर , हेल्पिङ ह्याण्ड्स लगायतका अस्पतालको क्यान्टिनमा सरसफाइ अवस्था अपेक्षाकृत राम्रो देखिएको थियाे। तर, दुवै क्यान्टिनमा पेष्ट कन्ट्रोलको व्यवस्था सन्तोषजनक नभएको बताइएको छ ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend