काठमाडौं। हिन्दु धर्मावलम्बीको मुख्य तीर्थस्थल पशुपतिनाथमा दैनिक कति भेटी संकलन हुन्छ हाेला ? विशेष चार्डपर्व बाहेकका समयमा याे रकम दैनिक लगभग एकैनास हुने गरेकाे देखिन्छ।
पशुपति क्षेत्र विकास काेषले कात्तिक १७ गते सार्वजनिक गरेकाे विवरण अनुसार साे दिन जम्मा २ लाख ९७ हजार २७२ रुपैयाँ भेटी संकलन भएको थियाे।
जसमध्ये पशुपतिनाथ मन्दिरमा २ लाख ७४ हजार ९२, बासुकी भेटी १७ हजार २००, चन्दन भेटी ५ हजार ९८० रुपैयाँ चढेकाे हाे।
पशुपतिमा यतिबेला दैनिक ९०० देखि १ हजार २०० जनासम्म विदेशी पर्यटक आउने गरेकाे काेषकाे तथ्यांक छ।




