काठमाडौं। नर्सहरुले उठाएका १५ बुँदे मागका विषयमा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको छलफलपछि आन्दोलनरत पक्षको असहमतिकै बिच चार खण्डमा २३ बुँदे सहमति भएको पाइएको छ।
स्वास्थ्य मन्त्रालयमा शनिबार बिहान भएको वार्ता सहमतिमा नपुगेपछि दिउँसो देखि पुन: वार्ता भएको थियो। त्यसपछि साँझ सहमति हुने हल्ला चल्यो। तर आन्दोलनमा उत्रिएकाहरु भने सहमति पत्रमा हस्ताक्षर नगरी बाहिरिए। नर्सहरुको नेतृत्व गर्ने संस्था नर्सिङ संघले भने हस्ताक्षर गर्यो। निजी मेडिकल कलेजका संचालक र निजी अस्पतालका संचालकले पनि हस्ताक्षर ठोके।
तर आन्दोलनरत पक्षको सहमति बिनानै बनेको सहमतिमा आफैंले गरेको हस्ताक्षर नर्सको नेतृत्व गर्ने संस्था नेपाल नर्सिसंघलाई आइतबार नै घाँडो भयो। संघ घेर्न आन्दोलकारी पुगेपछि संघ निर्णयबाट ब्याक हुन बाध्य भयो र सरकारलाई ४८ घण्टाको अल्टिमेटम दिंदै विज्ञप्ति निकाल्यो। सो विज्ञप्तिलाई मन्त्रालयले चुनौती दिंदै शनिबार गोप्य राखेको सहमति पत्र आइतबार राति सार्वजनिक गरेको छ।
हामीलाई प्राप्त सहमति पत्रमा आन्दोलनरत पक्षको हस्ताक्षर छैन भने अन्य सरोकारवाला पक्षबिचमा चार खण्डमा २३ बुँदा छन्।
केके छन् सहमतिका २३ बुँदामा हेरौं जस्ताको तस्तै







