बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

अबरुद्ध बिपी राजमार्ग खुलाउने प्रयास, पहिरोले थुपारेको लेदो हटाइँदै

अबरुद्ध बिपी राजमार्ग खुलाउने प्रयास, पहिरोले थुपारेको लेदो हटाइँदै

images
२०८२ कार्तिक १६ गते, आइतवार
२०८२ कार्तिक १६ गते, आइतवार
  • काभ्रेपलान्चोक। वर्षाका कारण अबरुद्ध बनेको बिपी राजमार्ग सुचारु गर्न राजमार्गमा पहिरोका कारण थुप्रीएका लेदो तथा ढुंगा हटाउने काम सुरु भएको छ।

    images

    केही दिनदेखिको वर्षापछि आएको पहिरो र लेदोले अवरुद्ध बिपी राजमार्ग अबरुद्ध छ। आज मौसममा सुधार आएसँगै सडकमा खसेको पहिरो सफा गर्ने काम जारी छ। आजैबाट सो राजमार्ग खुलाउने प्रयास भइरहेको छ।

    images

    सडक डिभिजन कार्यालय काभ्रेका सुपरभाइजर चन्द्र लामाले काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक खण्ड सफा गर्न लागिएको  जानकारी दिए।

    उनका अनुसार अहिले बिपी राजमार्ग चारसय बेसिकोको पहिरो पन्छाउने काम भइरहेको छ। यसै गरी पिप्ले माथि पनि सडक सफा हुँदै गर्ने काम सुरु भएको छ। 

    बिपी राजमार्ग माथि काभ्रेको रोशी गाउँपालिका स्थित चारसय बेँसीको नाङ्गशाल रोडा ढुङ्गा उद्योगको खानी क्षेत्रबाट झरेको सुख्खा पहिराले राजमार्ग अवरुद्ध बनेको थियो।

    यस्तै अन्य विभिन्न ठाउँमा पनि पहिरो खसेको थियो। बिपी राजमार्ग छेउमा सञ्चालन गरिएका ढुङ्गा र क्रसर उद्योगहरूले राजमार्गमा क्षति पुर्याउँदा वर्षाका समयमा सडक अबरुद्ध हुँदै आएको छ। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend