मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सडकमै बच्चा जन्माउन बाध्य छन् बाजुराका आमाहरू, सुत्केरी हवाई उद्धार छैन प्रभावकारी

सडकमै बच्चा जन्माउन बाध्य छन् बाजुराका आमाहरू, सुत्केरी हवाई उद्धार छैन प्रभावकारी

images
२०८२ कार्तिक १५ गते, शनिवार
२०८२ कार्तिक १५ गते, शनिवार
  • बाजुरा। एकातिर भौगोलिक विकटता अर्कोतिर गुणस्तरीय स्वास्थ्य संस्थाको अभाव। त्यही अभावमा प्रताडित छन् बाजुराका आमाहरु। जसले गर्दा बाजुराका आमाहरू बाटोमै बच्चा जन्माउन बाध्य छन्। यो क्रम सदियौंदेखि चन्दै आएकै छ। 

    images

    बाजुरामा भौगोलिक विकटताका कारण सडक पुर्वाधारको पहुँच छैन। सडककको भरपर्दो पहुँच नहुँदा यातायातका साधन त भनेकाबेला उपलब्ध झनै हुँदैनन्। बाजुरामा आवश्यक स्वास्थ्य संस्था, भौगोलिक विकटता, प्रसूति स्वास्थ्य शिक्षा र उचित परामर्श यी सबैको अभावकका कारण यहाँका आमाहरु बाटोमै बच्चा जन्माउन बाध्य छन्।

    images

    बाजुरामा आमाहरूलाई घरपरिवारको स्वास्थ्य हेरचाहको पनि उत्तिकै कमी छ। असुरक्षित खानपान, भौगोलिक विकटता र गुणस्तरीय स्वास्थ्य संस्थाको अभाव पनि यहाँका आमाहरुको प्रमुख समस्या हो।

    विगतको बाजुराको ४ वर्षको तथ्यांक मात्रै केलाउँदा दर्जनौ बढि आमाहरुको मुत्यु भएको छ भने कयौं आमाहरुले बाटोमै बच्चालाई जन्म दिएकी छन्। यसै क्रममा बिहिवार बाजुराको बुढीगंगा नगरपालिका ७ सिमलकोटकी सिर्जना केसीले पनि बाटोमै सन्तानलाई जन्म दिइन्। उनलाई घरबाट स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटोमै बच्चाको जन्म भएको हो।

    स्वास्थ्य संस्था टाढा हुनु र भौगोलिक विकटता भएर बाटोमै बच्चा जन्माउनु उनको मात्र होइन कैंयौं बाजुराका आमाहरूको बाध्यता हो। यहाँ गर्भवतीलाई ब्यथा लागेपछि स्वास्थ्य संस्थामा खबर गरिन्छ र स्वास्थ्य संस्थाबाट पनि बाटोतर्फ नै स्वास्थ्यकर्मीहरु आउँदै गर्छन्।  सिर्जनालाई स्वास्थ्य संस्था लैंजादै गर्दा पनि त्यस्तै भयो। बाटोमै ब्यथा लागेको खबर स्वास्थ्य संस्थालाई गरे पश्चात् सिमलकोट आधारभुत स्वास्थ्य केन्द्रमा कार्यरत विनिता विष्ट उद्दारका आउँदै थिइन्। तर बिष्टले बाटोमा भेट्दासम्म  सिर्जनाले बच्चा जन्माइसकेकी थिइन्।

    बिष्टले सिर्जनाले बाटोमै बच्चा जन्माएपनि सालनालको व्यवस्थापन र चेकजाँचको लागि स्वास्थ्य चौकी पुर्याइएको बताईन्। अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको विष्टले जानकारी दिएकी छन्। 

    बुढीगंगामा मात्रै यो वर्ष सिर्जनासहित अन्य दुई जना आमाले बाटोमै बच्चा जन्माएकी छन्। यो एक उदाहरण मात्रै हो। बाजुरामा थुप्रै यस्ता घटनाहरु छन्। यहाँका ९ वटै स्थानीय तहका आमाहरुले बाटोमै बच्चा जन्माउने गरेका छन्।

    बाजुरामा बाटोमा सुत्केरी हुनेको यकिन तथ्याङ्क नभए पनि एक महिनामा दुईदेखि तिनजना महिला बाटोमै सुत्केरी हुने गरेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ। सरकारले हवाई उद्धार कार्यक्रम सञ्चालन गरे पनि बाजुराका आमाहरुले बाटोमै बच्चा जन्माउने र मर्ने क्रम नरोकिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।

    बाजुरामा भौगोलिक विकटता, गुणस्तरीय स्वास्थ्य सेवा पहुँचबाट वञ्चित, नियमित गर्भ जाँचको कमि, कडा परिश्रम, कम उमेरमै बच्चाको जन्म, पौष्टिक आहारको कमिलगायत कारणले सुत्केरीको ज्यान जोखिम पर्ने गरेको स्वास्थ्यकर्मी बताउँछन्। साथै सरकाले लागु गरेको सुत्केरी हवाई उद्धार बाजुरामा पनि प्रभावकारी बनाउन जरुरी रहेको उनीहरुको भनाइ छ।
     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend