बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

डा. ओममुर्ती भन्छन् : बोल्दा बोल्दै ढलेर मृत्यु भएका  कमल गौतमलाई `कार्डियाक अरेस्ट´

डा. ओममुर्ती भन्छन् : बोल्दा बोल्दै ढलेर मृत्यु भएका  कमल गौतमलाई `कार्डियाक अरेस्ट´

images
२०८२ कार्तिक १४ गते, शुक्रवार
२०८२ कार्तिक १४ गते, शुक्रवार
  • काठमाडौं। वरिष्ठ मुटुरोग विषेशज्ञ डा. ओममुर्ती अनिलले राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बोल्दा बोल्दै भएको मृत्यु `कार्डियाक अरेस्ट´का कारण भएको बताएका छन्।

    images

    आफ्नो फेसबुक पेज मार्फत उनले गौतमको निधन मेडिकल भाषामा कार्डियाक अरेस्टका कारण भएको भनेका हुन्।

    images

    `हामी मेडिकल भाषामा यसलाई कार्डियाक अरेस्ट भन्छौं,  यदि मुटु अचानक बन्द भयो भने त्यो नै कार्डियाक अरेस्ट हो। मुटु अचानक बन्द भएपछि ब्लड पम्प गर्ने काम बन्द गर्यो। ब्लड पम्प नगरेपछि मस्तिष्कमा जान पाएन, अरु अंगमा पनि जान पाएन। मस्तिष्कलाई अक्सिजनको एकदमै जरुरी हुन्छ, तीन चार सेकेन्डसम्म मस्तिष्कमा ब्लड पुगेन, अक्सिजन र पोषण तत्वको कमी भयो भने मानिस केही सेकेन्डमा नै बेहोस हुन्छ, दुई, तीन, चार सेकेन्डमा नै मान्छे ढल्छ।´ डा ओममुर्ती अनिलले भनेका छन्।

    कार्डियाक अरेस्ट भएमा के गर्ने?

    डा. ओममुर्ती अनिलका अनुसार अदि अस्पताल बाहेक कुनैपनि ठाउँमा भिडभाडमा कार्डियाक अरेस्ट भयो भने त्यो ब्यक्तिलाई अस्पताल लैंजादा सम्म उसको मृत्यु भइसक्छ। तर त्यस्तो अवस्थामा तत्काल बाइ स्ट्यान्डर्ड सीपीआर प्रक्रियामा अघि बढ्नु पर्छ।

    बाइ स्ट्यान्डर्ड भनेको नजिकै भएको ब्यक्ति, सीपीआर भनेको छातिलाई दबाउने (चेस्ट कम्प्रेसन) गर्ने काम हो। कार्डियाक अरेस्ट भएको ब्यक्तिको छातिमा बिस्तारै बिस्तारै प्रेसर गरेर थिचेर पम्प गर्ने। 

    यदी सँगै भएको ब्यक्तिले सुझबुझपुर्ण ढंगबाट कार्डियाक अरेस्टलाई बुझेको छ भने उनीहरूले त्यो बेहोस भएको ब्यक्तिलाई अमुल्य योगदान दिन सक्नेछन्। जसले गर्दा ती ब्यक्तिको जीवन जोगाउन सकिने उनी बताउँछन्।

    त्यसका लागि सबभन्दा पहिला बेहोस भएको ब्यक्तिलाई सहज रुपमा सुताएर राख्ने ठाउँ बनाउनु पर्छ। घाँटी तिर केही छ भने खोल्दिने तथा माथिल्लो भागको कपडा खोलेर एक जना ब्यक्तिले घाँटीको भाग सुताएकै अवस्थामा हल्का टाउकोको भाग भन्दा उठाउने गर्नु पर्छ। 

    यसैगरी अर्को ब्यक्तिले छातीको बिच भाग (स्टनर्म) मा एउटा हातमाथि अर्को हातका औंलाहरु सपोर्ट हुने गरेर छिराएर मुटुलाई दुई इन्च जति थिच्ने र पम्प गर्ने गर्नु पर्दछ। यसरी थिच्दा १ मिनेटमा १०० देखि १२० पटकसम्म थिच्न सकिन्छ। त्यसो गर्दा ब्यक्तिलाई कहिलेकाहीँ होस आउन सक्छ। त्यो प्रक्रियापछि उसको मुटु आफैं चल्न सक्छ। त्यस्तो अवस्थामा त्यसपछि अस्पताल पुर्याएर थप उपचार अघि बढाउन सकिन्छ।

    यस्तो अवस्थामा एउटा कुरा भने ख्याल गर्नु पर्ने उनी बताउँछन। त्यो भनेको सीपीआर दिंदाको अवस्थामा नै नजिक भएका ब्यक्तिले एम्बुलेन्स वा अन्य कुनै सवारीसाधनलाई नजिक बोलाएर तयारी अवस्थामा राख्नु पर्दछ। त्यस्तो अवस्थामा छाती थिच्दै हस्पिटल पनि लैजान सकिन्छ। यस्तो गर्दै अस्पताल ल्याउँदा धेरै ब्यक्तिहरु निको भएर घर फर्किएका घटनाहरू देखिएको उनी बताउँछन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend