बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

`मोन्था’ को प्रभाव आज रातिबाट कम हुने, शनिवार कस्तो हुन्छ मौसम?

`मोन्था’ को प्रभाव आज रातिबाट कम हुने, शनिवार कस्तो हुन्छ मौसम?

images
२०८२ कार्तिक १४ गते, शुक्रवार
२०८२ कार्तिक १४ गते, शुक्रवार
  • काठमाडौं। नेपालमा हाल वर्षा गराइरहेको मौसमी प्रणाली `मोन्था´ को प्रभाव आज रातिबाट कम हुने भएको छ। जसका कारण आज रातिबाट मौसममा क्रमिक  सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    images

    तर पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेकाले केही स्थानमा भने बर्षाको सम्भावना कायमै रहेको महाशाखाको पूर्वानुमान छ।

    images

    महाशखाको शुक्रवार साँझको पूर्वानुमान अनुसार आज राति कोशी र मधेश प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    कोशी र मधेश प्रदेशका धेरै स्थान तथा बागमती, गण्डकी र लुम्बीनी प्रदेशका थोरै स्थानहरुमा मध्यम वर्षा हुनसक्नेछ।

    यी क्षेत्रका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना पनि छ।

    शनिवार दिउँसो पनि कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, बागमती  र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मध्यम वर्षा हुनसक्नेछ।

    कोशी गण्डकी र बाग्मतीका हिमाली तथा उच्च पहाडी भेगका केही स्थानमा हल्का हिमपात हुनसक्ने सम्भावना छ। यीबाहेक अन्य भेगमा मौसम सामान्य बदली रहने महाशाखाले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend