बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

यी प्रदेशमा हुनेछ आज भारी वर्षा, मौसममा सुधार कहिले?

यी प्रदेशमा हुनेछ आज भारी वर्षा, मौसममा सुधार कहिले?

images
२०८२ कार्तिक १४ गते, शुक्रवार
२०८२ कार्तिक १४ गते, शुक्रवार
  • काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थान, गण्डकी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ।

    images

    महाशाखाले कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा पूर्ण बदली रही तराई भू-भागमा साधारणतया बदली रहने जनाएको हो।

    images

    कोशी प्रदेश र मधेश प्रदेश अधिकांश स्थानहरूमा, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहने महाशाखाको पुर्वानुमान छ। 

    यस्तै कर्णाली प्रदेशको थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    यसैगरी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा तथा कर्णाली प्रदेशका केहि स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मध्यम हिमपातको सम्भावना छ।

    यस्तै आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशमा पूर्ण बदली रहने छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी भू-भागमा साधारणतया बदली रहने महाशाखाले जनाएको छ। 

    राति कोशी प्रदेश र मधेश प्रदेश प्रदेशका धेरै स्थानहरूमा, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्विनी प्रदेशका थोरै स्थानहरुमा मध्यम वर्षा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा तथा गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा राति मध्यम हिमपातको सम्भावना रहेको छ। राति नै कोशी प्रदेश र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको र सो प्रणालीको कारणले नेपालको मौसम आज साँझसम्म प्रभावित हुने महाशाखाको अनुमान छ।

    ततःपश्चात मौसममा क्रमिक रुपमा सुधार हुने साथै नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको महाशाका बताउँछ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend