काठमाडौं। न्यूनतम तलब तथा सेवा सुविधाका सम्बन्धमा चिकित्सक, नर्स तथा स्वास्थ्य क्षेत्रका १५ पेशागत संघ संगठन एकै ठाउँमा उभिएका छन्।
उनीहरुले बुुधबार सरकारसमक्ष तीन बुँदे माग अघि सार्दै माग सम्बाेधन नभए आन्दाेलनकाे चेतावनी पनि दिएका छन्।
सबैखाले स्वास्थ्य संस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ताेकेबमाेजिमकाे न्यूनतम पारिश्रमिक दिनुपर्ने, सक्कली शैक्षिक प्रमाणपत्र राख्न नपाउने, अनुभव पत्र दिनुपर्ने उनीहरुकाे माग छ।
यस्तै स्वास्थ्य संस्थामा हुने ताेडफाेड बन्द गर्न र यस्ता कार्यमा संलग्नहरुलाई कारबाही हुनुपर्ने माग पनि अघि सारिएको बैठकमा सहभागी नेपाल चिकित्सक संघका अध्यक्ष अनिलविक्रम कार्कीले जानकारी दिए।
साथै उपभोक्ता संरक्षण ऐन र अन्य स्वास्थ्यसम्बन्धि ऐनमा बाझिएका व्यवस्था खारेज गर्न यसअघि भएको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखिएको छ।
मागहरु यथाशीघ्र सम्बाेधन नभए चरणबद्ध आन्दोलनमा उत्रिने उनीहरुकाे चेतावनी छ। बुधबार जारी संयुक्त प्रेस विज्ञप्तीमा नेपाल चिकित्सक संघ, नर्सिङ संघ, स्वास्थ्यकर्मी संघ, फार्मेसी संघ, स्वास्थ्य सेवा व्यवस्थापक संघ, हेल्थ असिस्टेन्ट संघ लगायत १५ वटा संगठनका प्रतिनिधिकाे हस्ताक्षर छ।
यस्तो छ विज्ञप्ति





