बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नर्सिङ संघले घोषणा गर्यो दाेस्राे चरणकाे आन्दाेलन, अत्यावश्यक बाहेकका सेवा ठप्प

नर्सिङ संघले घोषणा गर्यो दाेस्राे चरणकाे आन्दाेलन, अत्यावश्यक बाहेकका सेवा ठप्प

images
२०८२ कार्तिक १२ गते, बुधवार
२०८२ कार्तिक १२ गते, बुधवार
  • काठमाडौं। नेपाल नर्सिङ संघले अत्यावश्यक बाहेकका सेवा ठपो पार्ने गरि आजदेखि दाेस्राे चरणकाे आन्दाेलनकाे घाेषणा गरेकाे छ।

    images

    संघले बुधबार (आज) एक विज्ञप्ती जारी गर्दै नर्सहरुकाे न्यूनत्तम तलब र सेवा सुविधाका सम्बन्धमा गर्दै आएकाे विराेध र आन्दोलनका कार्यक्रमलाई यथावत् राख्ने निर्णय गरेकाे जनाएको छ।

    images

    यसअघिकाे तालिका अनुसार नै निजी, सामुदायिक तथा मेडिकल कलेजहरुमा अत्यावश्यक बाहेकका सेवामा सहभागी नभइ बिहान १० बजेदेखि १२ बजेसम्म बाहिर निस्कने र धर्नामा बस्ने संघकाे निर्णय छ।

    नर्सहरुका मागका सम्बनधमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट समेत सम्बाेधन हुन नसकेकाे संघले गुनासाे गरेको छ।

    मन्त्रालयले सबैखाले स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई न्यूनतम सरकारी पाचौं तह सरहकाे तलब सुविधा दिन निर्देशन दिएपनि निजी र मेडिकल कलेजहरुबाट साेअनुसार नपाएको भन्दै यतिखेर देशभरका नर्स आन्दोलनमा छन्। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend