बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो `छठ´

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो `छठ´

images
२०८२ कार्तिक ११ गते, मंगलवार
२०८२ कार्तिक ११ गते, मंगलवार
  • काठमाडौं। उदाउँदो सूर्यलाई अर्घ दिएसँगै विधिवत रुपमा छठपर्व सम्पन्न भएको छ।

    images

    चार दिनसम्म विभिन्न विधि गर्दै मनाइएको छठ पर्वको चौंथो दिन मङ्गलबार (आज) बिहान उदाउँदो सुर्यलाई अर्घ दिइएको हो। उदाउँदो सुर्यलाई अर्घ दिएसँगै छठ समापन हुने गर्छ।

    images

    व्रतालुले सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर सूर्योपासनाको यो पर्वको प्रारम्भ गरेका थिए।

    काठमाडौं उपत्यका र तराई–मधेशका विभिन्न जिल्लालगायत मिथिलाञ्चलसहित देशभरिका तलाउ, पोखरी लगायतका जलाशयमा छठ पर्व मनाउने श्रद्धालु भक्तजनको भीड लागेको थियो।

    छठी माताको पुजा गर्दै पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने कामना गर्ने गरिन्छ।   

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend