काठमाडौं। ललितपुरको किष्ट अस्पतालमा सुत्केरी गराउने क्रममा एक गर्भवतीको मृत्यु भएपछिको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
ग्वार्कोमा रहेको ललितपुरको किष्ट अस्पतालमा सुत्केरी गराउने क्रममा खोटाङकी मीना राईको मृत्यु भएको थियो।
अस्पताल आएकी सुत्केरीको चिकित्सकको लापरबाहीले मृत्युु भएको भन्दै उनका आफन्तहरूले अस्पतालमा तोडफोड गरेपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको हो। अहिले सो अस्पताल परिसरमा दुबै पक्षबिच तनाब बढेको छ।
प्रहरीले अस्पताललाई घेरा हालेर राखेपछि मृतकका आफन्तहरु प्रहरी घेरा तोडेर अस्पताल प्रवेश गर्दै तोडफोडमा उत्रिएका थिए।
मृतकका आफन्तहरूले अस्पतालको लापरवाहीले गर्दा मृत्यु भएको भन्दै नाराबाजी सहित प्रदर्शनमा उत्रिएपछि प्रहरी परिचालन गरिएको ललितपुर प्रहरी परिसरले जनाएको छ।
किष्ट अस्पतालमा सुत्केरीको गराउने क्रममा राईको कात्तिक ७ गते नै मृत्यु भएको थियो।



