काठमाडौं। नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम जेन-जी आन्दोलनका घाइते भेट्न अस्पताल पुगेजी छिन्।
मन्त्री गौतम स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा, मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी र अन्य कर्मचारी सहित जेन-जी आन्दोलनका घाइते भेट्न त्रिभुवन शिक्षण अस्पताल महाराजगन्ज पुगेकी हुन्।
सो क्रममा उनले अस्पताल प्रशासन र चिकित्सकसँग घाइतेको उपचारका क्रममा भएका प्रगति बारे पनि जानकारी लिएकी छिन्।
यसैगरी उनले घाइतेहरूसँग पनि संवाद गर्दै अस्पतालमा भएको उपचार र सेवा बारे जानकारी लिएकी छिन्। गौतम आइतबार मात्रै स्वास्थ्य मन्त्रीमा नियुक्त भएकी हुन्।



