काठमाडौ। नवनियुक्त स्वास्थ्य मन्त्री डा. सुधा गौतमले पदभार ग्रहण गरेकी छिन्।
मन्त्री गौतमले राष्ट्रपति कार्यालयमा आइतबार शपथ लिएलगत्तै रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेकी हुन्।
पदभार ग्रहण लगत्तै पहिलो निर्णय गर्दै नवनियुक्त मन्त्री गौतमले जेन-जी आन्दोलनबाट प्रभावित घाइते लगायत सबै व्यक्तिका लागि मनोपरामर्श सेवा स्थापना गर्ने निर्णय गरिन।
यसैगरी उनले मन्त्रालयसहित मातहतका कर्मचारीहरुसँगको छलफलमा मन्त्रालयभित्र आर्थिक र प्रशासनिक पारदर्शिता कायम राख्न कर्मचारीहरुलाई निर्देशन दिइन्।
सो क्रममा उनले मन्त्रालयअन्तर्गतका शाखा एवं विभागहरुबाट प्रवाह हुने सेवा समेत नागरिकमैत्री बनाउन निर्देशन दिएकी छिन्।
कुनैपनि नागरिकले सेवा प्रवाहका क्रममा असहज अवस्था भोग्न नहुने भन्दै त्यसमा ध्यान दिन पनि उनले कर्मचारीहरुलाई आग्रह गरिन।



