काठमाडौं। ग्राण्डी अस्पताल धापासीमा नर्सहरुले सरकारले तोकेको पारिश्रमिक पाउनु पर्ने माग गर्दै प्रदर्शन गरेका छन्।
उनीहरुले सरकारले तोकेको तलव पाउनुपर्ने मागसहित अस्पताल परिसरमा नै विरोध प्रदर्शन गरेका हुन्।
अहिले देशका विभिन्न नीजि अस्पतालहरुमा सरकारले तोकेको पारिश्रमिक उपलब्ध नगराइएको भन्दै विरोध हुँदै आएको छ।
प्रधानमन्त्री शुशिला कार्कीलेसमेत नर्सहरुको माग पूरा गर्न र सरकारले गरेको पारिश्रमिकसम्बन्धि निर्णय कार्यान्वयन गराउन आग्रह गर्दै आइरहेकी छिन्।
नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिक सम्बन्धि विषयले आन्दोलनको रुप लिंदै गएपछि सरकारले उनीहरूको माग सम्बोधन गर्न भन्दै स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्राडा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समितिसमेत गठन गरेको छ। सरकारले तोकेको आधारभूत तलब ३४ हजार ७३० रुपियाँ रहेको छ।



