बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

मानसिक स्वास्थ्यको हेरचाह

एन्जाइटी र डिप्रेशन उस्तै या फरक समस्या?

एन्जाइटी र डिप्रेशन उस्तै या फरक समस्या?

यस्ता हुन्छन् लक्षण

images
२०८२ कार्तिक ८ गते, शनिवार
२०८२ कार्तिक ८ गते, शनिवार
  • काठमाडौं। विश्वमा हाल एक अर्ब १० करोड जनसंख्या मानसिक स्वास्थ्यसम्बनधी कुनै न कुनै समस्याबाट गुज्रिरहेका छन्। विश्व स्वास्थ्य संगठनको पछिल्लो `मेन्टल स्टेट अफ द वर्ल्ड २०२४´ अनुसार मानसिक रोगीमध्ये अधिकांशमा एन्जाइटी र डिप्रेशनको समस्या छ। यो समस्या नै विश्वमा अहिले १५ देखि २९ वर्षसम्मका व्यक्तिको आात्महत्याको मुख्य कारण बनिरहेको छ।

    images

    सन् २०२१ मा मात्रै सो उमेर समूहका एन्जाइटी र डिप्रेशनको समस्या भएका सात लाख जनसंख्याले आत्महत्या गरेको रिपोर्टमा उल्लेख छ।

    images

    के एन्जाइटी र डिप्रेशन उस्तै किसिमका मानसिक समस्या हुन् त? विश्व स्वास्थ्य संगठन नेपालका मानसिक स्वास्थ्य विज्ञ डा. केदार मरहठ्ठाले एन्जाइटी तनावसम्बन्धी समस्या रहेको र डिप्रेशन उदासिनता भएको बताए।

    एन्जाइटीमा आत्तिने, छट्पटी हुने, मन अस्थिर हुने निन्द्रा नलाग्ने, खान मन नलाग्ने, मुटुको धड्कन बढ्ने, श्वासप्रश्वासमा समस्या आउने मुख सुक्ने, थकित हुनेजस्ता लक्षण देखिन्छन्।

    उदासिनता अर्थात् डिप्रेशनमा भने निराश हुने, नरमाइलो लाग्ने, पहिला रमाइलो लाग्ने काममा पनि रुची नलाग्ने, असाहाय महसुस र कहिलेकाहीँ आत्महत्याको विचर पनि आउनसक्छ।

    यी समस्या हुन नदिन के गर्ने?

    मानिसलाई कहिलेकाहीँ वा थोरै तनाव हुनु स्वभाविक हो। तर धेरै तनाव महसुस भएमा नियमित व्यायाम गर्ने, प्रकृतिसँग रमाउने, पहिले रमाइलो लाग्ने कुराहरुलाई निरन्तरता दिने, विश्वासिलो व्यक्तिसँग कुरा शेयर गर्ने, वा कसैको कुरा सुन्नमा समय खर्चिनुपर्छ।

    साथै जिज्ञासा र ध्यान दिएर काम गर्दा यस्ता समस्याबाट टाढा रहन सकिने डा. मरहठ्ठा बताउँछन्। आफू र अरु व्यक्तिहरुसँग दयालु हुन सिक्नुपर्छ। दयालु शब्द र भावले कुरा गर्दा तनावपूर्ण परिस्थितिको सामना गर्न र अरुलाई मद्दत गर्न पनि सहज हुन्छ।

    आत्महत्यासम्बन्धी कुनैपनि सोच आएमा सरकारको आत्महत्या रोकथाम हटलाइन सेवा ११६६ मा फोन गरी परामर्श लिनुहोला।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend