बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

६० प्रतिशत शरीर जलेको थियो गायिका नितु पौडेलको, उपचारकै क्रममा निधन

६० प्रतिशत शरीर जलेको थियो गायिका नितु पौडेलको, उपचारकै क्रममा निधन

images
२०८२ कार्तिक ७ गते, शुक्रवार
२०८२ कार्तिक ७ गते, शुक्रवार
  • काठमाडौं। शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ।

    images

    गायिका पौडेलको शुक्रबार बिहान ८:२० बजे उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ।

    images

    गायिका पौडेलले गत शनिबार दिउँसो काठमाडौंको अनामनगरस्थित संगितकार तथा गायक बाबुल गिरीको स्टुडियोमा आफ्नै शरीरमा आगो लगाएकी थिइन्। सो बारे सूचना पाएपछि प्रहरीले उनलाई त्यहाबाट तत्कालै उद्धार गरि अस्पताल पुर्याएको थियो।

    चिकित्सकहरुका अनुसार उनको शरीरको ६० प्रतिशत भाग आगलागीका कारण जलेको थियो। उनको फोक्सोमा समेत आगोले असर गरेका कारण उनलाई कृत्रिम श्वास दिएर उपचार गरिएको थियो।

     

     

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend