बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

महाराजगन्जबाट प्रहरीले नियन्त्रणमा लियो सिफारिस बिनानै बिक्री गरिएको औषधि

महाराजगन्जबाट प्रहरीले नियन्त्रणमा लियो सिफारिस बिनानै बिक्री गरिएको औषधि

images
२०८२ कार्तिक ७ गते, शुक्रवार
२०८२ कार्तिक ७ गते, शुक्रवार
  • काठमाडौं। प्रहरीले चिकित्सकको अनुमतिले बिक्री गर्नु पर्ने औषधि जथाभावी बेचेको पाइएपछि बरामद गरेको छ।

    images

    प्रहरी वृत्त महाराजगञ्जको टोलीले चिकित्सकको प्रेसकिप्सन बिना बिक्री गरिएको औषधि बरामद गरेको हो। काठमाडौँको टोखा नगरपालिका–५ बसुन्धारामा रहेको तक्षक फार्मेसीले सो औषधि बिक्री गरेको प्रहरीले जनाएको छ।

    images

    बरामद गरिएका औषधिहरूमा स्पेन लेखिएको ३८५ ट्याब्लेट, एन्टिकोफ लेखिएको ७५० ट्याब्लेट, प्रिगेबलिन लेखिएको १०० ट्याब्लेट, प्रिगेबलिन क्याप्सुल एलपी लेखिएको २०० क्याप्सुल र प्रिगेमर ७५ लेखिएको १०० क्याप्सुल रहेको प्रहरी वृत्त महाराजगञ्जका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए।

    उक्त फार्मेसी सङ्खुवासभा खादवारी नगरपालिका–८ का ४० वर्षीय प्रकाश गौतम लगायतले सञ्चालन गर्दै आइरहेको खुलेको छ। औषधि व्यवस्था विभागसँग समन्वय गर्दा ती औषधिहरू मापदण्ड विपरीत बिक्री गरिएको पाइएको प्रहरीले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend