काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ गाई पूजा गरेका छन्।
राष्ट्रपति पौडेलले बुधबार शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरेका हुन्। उनले गाईको पूजा गरी गाईलाई खानेकुरा खुवाएका थिए।
कात्तिक कृष्णऔँसी अर्थात् गाईतिहारको आज पाचौं दिन हो। गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने प्रचलन छ।



