बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नेपालको माग धानेर लक्ष्मीपूजाका दिन १ हजार १५ मेगावाट बिजुली निर्यात

नेपालको माग धानेर लक्ष्मीपूजाका दिन १ हजार १५ मेगावाट बिजुली निर्यात

images
२०८२ कार्तिक ४ गते, मंगलवार
२०८२ कार्तिक ४ गते, मंगलवार
  • काठमाडौं। बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइने तिहार पर्वमा समेत नेपालबाट विद्युत निर्यात भएको छ। नेपालबाट भारत र बंगलादेशमा विद्युत निर्यात हुँदै आएको छ।

    images

    नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजा (सोमबार) साँझ देशभर विद्युतको कूल माग एक हजार ६५० मेगावाट बराबर रहेको थियो। लक्ष्मीपूजाको दिनमा नै नेपालको माग धानेर एक हजार १५ मेगावाट बिजुली निर्यात भएको हो।

    images

    प्राधिकरणका अनुसार गत वर्ष लक्ष्मीपूजाको दिन देशभरको कूल विद्युत् माग एक हजार ६०२ मेगावाट रहेको थियो। गत वर्षभन्दा यस वर्ष लक्ष्मीपूजा साँझ कूल बिजुली माग ४८ मेगावाट बढी भएको हो। 

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend