बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

चितवनमा २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण

चितवनमा २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण

images
२०८२ कार्तिक ३ गते, सोमवार
२०८२ कार्तिक ३ गते, सोमवार
  • चितवन। चितवन जिल्लामा २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ।

    images

    जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका ४ हजार १०८ जनामा परिक्षण गर्दा २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको हो।

    images

    जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार सङ्क्रमितमध्ये १८१ जना चितवन जिल्लाका हुन् भने ६५ जना अन्य जिल्लाका छन्।

    केसीका अनुसार सङ्क्रमितमध्ये २५ जना भरतपुर महानगरपालिका, ४३ जना खैरहनी नगरपालिकाका र ४ जना माडी नगरपालिकाका छन्।

    यसैगरी रत्ननगर नगरपालिकाका ६१ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ भने राप्ती नगरपालिकाका २०, कालिका नगरपालिकाका २३ र इच्छाकामना गाउँपालिकाका ५ जनामा सङ्क्रमण देखिएको छ।

    स्क्रफ टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले व्यक्तिलाई टोकेपछि सर्ने गर्दछ। स्क्रफ टाइफस भएको व्यक्तिलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, बान्ता, पेट दुखाइ र पखालाले सताउनु, सास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ।

    यसबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने किट नियन्त्रक केसी बताउँछन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend